शौचालय भत्किँदा चार बालिकाको मृत्यु

ByBibas chetan

२८ जेष्ठ २०७६, मंगलवार १९:४७ २८ जेष्ठ २०७६, मंगलवार १९:४७ २८ जेष्ठ २०७६, मंगलवार १९:४७

काठमाडौं : दार्चुलामा एक बिद्यालयको शौचालय भत्किँदा चार जना बालिकाको मृत्यु भएको छ । नौगाड गाउँपालिका ४ सिप्टीमा स्थानीय गणेश विनायक माविको छाना भत्किँदा चार बालिकाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरिक्षक दिपेन्द्र साहीले बताए ।

मंगलबार साँझ ४ बजेतिर विद्यालय बन्द रहेको समयमा खेलिरहेका करिब ८/९ वर्षीय तीन बालिका छानो भत्किँदा पुरिएका हुन् । मृत्यु हुनेमा अन्दाजी ७/८ वर्षकी निरुता ठगुन्ना, ९/१० वर्षकी अनुष्का धामी, ५ वर्षकी युनिका ठगुन्ना र ८/९ वर्षका सुदिश धामी रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । साहीले बताए ।

सिप्टी प्रहरी चौकीबाट खटिएको प्रहरी टोली तथा स्थानीयहरुको संयुक्त प्रयासमा शव निकालिएको छ । प्रहरी नायब उपरिक्षक साहीले वर्षाका कारण उद्धार प्रभावित बनेको बताए । अझै शवहरु फसेको हुन सक्ने भन्दै प्रहरी टोली तथा स्थानीयहरुले उद्धार कार्य जारी राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!