जीवन बदल्ने महान भनाइहरू

ByBibas chetan

२० असार २०७६, शुक्रबार ०६:०९ २० असार २०७६, शुक्रबार ०६:०९ २० असार २०७६, शुक्रबार ०६:०९ #नेपाली भनाइहरू, #प्रेरक भनाइहरू, #प्रेरणा, #माहान भनाई, #सफलता

१. सानो होस् वा ठूलो यति तपाईलाई त्यो काम ठिक लाग्छ भने निरन्तर गरिरहनुहोस् । निरन्तरताको अथक लगनबिना सफलता हात लाग्दैन ।
२. एउटा विश्व प्रसिद्ध भनाई छ, ‘हरेक सफल मानिस कुनै फरक काम गरेर सफल भएका हुँदैनन् । उनीहरु रहेक काम फरक ढंगले गर्छन् । त्यसैले कुनैकाममा तपाई हुनुहुन्छ भने अरुले नगरेको नयाँ तरिकाले गर्नेतिर सोच्न थाल्नुहोस् । सफलता तपाईको हात लाग्नेछ ।
३. कुनै काम गर्ने छाड्ने गर्नु हुन्छ भने सावधान रहनुस् तपाईले प्राप्त गर्ने अन्तिममा चरम निराशामात्रै हो । त्यसकारण दिगो भएर कुनै काम गर्नुहोस् । धेरै बहकिने, लहडमा हिड्ने नगर्नुहोस् ।
४. हामी प्राय: दिनभर काम गरेपछि बेलुकी कि त सुत्छौं कि मदिरापानमा डुब्न थाल्छौं । तर तपाईले दिनभरि गर्नु भएको कामको समिक्षा बेलुकी सुत्नुभन्दा अघि एकैछिन गम्भिर भएर गर्ने र भोलीका लागि केही नयाँ सोंच निकालेर अघि बढ्ने गर्नुभयो भने सफलता तपाई भन्दा धेरै टाढा नहुनसक्छ ।
५. आत्मबल मानिसको सबैभन्दा ठूलो सम्पति हो । आत्मबल कमजोर भएको मानिसले जीवनमा केहीपनि गर्न सक्दैन । आत्मबल नै यस्तो तागत हो जसले तपाईलाई उन्नतिको शिखरमा पुर्‍याइदिन सक्छ । त्यसैले आत्मबल कमजोर कहिल्यै नबनाउँनुहोस् ।
६. निरन्तर चिन्तन गनुृहोस् । हामी सबैको बानी चिन्तन गर्ने भन्दा चिन्ता गर्नेतिर बढि हुन्छ । भनिन्छ मानिसलाई चिन्ताले चितामा पुर्‍याउछ र चिन्तनले सफलताको शिखरमा पुर्‍याउँछ । चिन्तन बिनाको मानिस समाजमा फोस्रो व्यक्तिका रुपमा सिमित हुन्छ ।
७. सहयोगी बन्नुहोस् । मानिस पुन्य कमाउनका लागि धाम जान्छन् । मन्दिरमा गएर पुजा अजर्ना गर्छन् । तर त्यही मन्दिरको बाहिर हात फिँजाईरहेका असहाय व्यक्तिहरुलाई कुल्चेर हिड्छन् । त्यसले तपाईको मनमा मानवीय दुःखलाई हेरेर साथ दिने भन्दा अलौकिक वस्तुप्रतिको मोह देखाउँछ । यसले तपाईलाई खोक्रो व्यक्ति बनाउछ । त्यसकारण सहयोगी भावना सदा मनमा लिनुहोस् ।
८. अनुशासित हुनुहोस् । मानिसहरु अनुशासनलाई व्यवास्था गर्छन् । तर अनुशासन नै त्यस्तो हतियार हो जसले तपाईलाई सभ्य नागरिकको दर्जा त दिन्छ नै साथमा उ स्वयम् पनि सफलताको शिखर तर्फ अघि बढिरहेको हुन्छ ।
९. सपना देख्न नछाड्नुहोस् । मानिसले जुन दिन सपना देख्न छाड्न त्यसदिन देखि उ जिउँदो भएपछि मरेतुल्य हुन्छ । बिष पिलाएर मृत्युदण्ड दिने घोषणा भइसकेको थियो । तर शुकरात भने किताब पढ्दै थिए । मृत्युदण्डका लागि लैजान खोज्दा एक पाना त पढुँ भन्थे । उनी महान दार्शनिक मने । यसरी सपनाको मृत्यु दुनियाँमा सबैभन्दा खतरनाक हो ।
१०. समाजको सही विचारधारा अग्लाल्नुहोस् । संसारलाई हेर्ने विभिन्न दृष्टिकोणहरु हुन्छन् । त्यसमध्ये बहुसंख्यक मानिसको हित हुने विचारलाई अंगाल्नुहोस् । सत्यताको नजिक रहेको बिचार अंगाल्नु भयो भने तपाईको जीवन अध्यारोबाट उज्यालो तर्फ अघि बढ्छ

2 thoughts on “जीवन बदल्ने महान भनाइहरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!