यसरी पैसा कमाउनुस्

ByBibas chetan

६ श्रावण २०७६, सोमबार ०९:२८ ६ श्रावण २०७६, सोमबार ०९:२८ ६ श्रावण २०७६, सोमबार ०९:२८

यहाँ हामी तपाईंलाई केही पैसा कमाउने उपाय बताउँछौं जसलाई अपनाउनुभयो भने पैसा कमाउन सकिन्छ।

अर्काको देखासिकी गरेर पैसा खर्च नगर्नुस् । पैसा उडाउने खालका साथी छन् भने तिनीहरूको संगत छोडिदिनुस् । तपाईंको पैसामा अरूलाई किन मोज गराउनुुहुन्छ ? भएकाे पैसा बचाउनु नै पैसा कमाउनु नै हो ।

आफूलाई चाहिने कुरा मात्र किन्नुस् । जे किन्दा पनि अत्यन्त आवश्यक छन् कि छैनन् भनी विचार गर्नुपर्छ ।

कमाइभन्दा कम खर्च गर्नुस् ।  वर्षैपिच्छे तलब बढ्ला भनेर आश गर्नुभयो भने तपाईं कहिल्यै धनी हुन सक्नुहुन्न । त्यसैले राम्रो तलब दिने जागिरको खोजी गर्दै अफिस छिटोछिटो बदल्नुस् । घरमा भएका पुराना सामान बेचिदिनुस् । घर भरिने गरी सामान थुपार्नुको के अर्थ ? सामान बेच्दा पैसा पनि हुने, घर पनि सुन्दर देखिने ।

एउटा साधारण मानिसको सफलताको कथा:

रमेश दम्पति गाउँबाट हरियो मकै किनेर बजारमा लगेर पोलेर बेच्ने गर्थे । परिवारकाे गुजारा चलेकै थियो । एक दिन मकैबारीमा मकै किन्न गएका हरिरामले ‘यो मकैबारी मेरो आफ्नै भइदिएको भए’ भन्ने कल्पना गरे । तर उनीसँग त्यतिबेला मकैबारी आफ्नै हुने त के त्यो बारीमा फलेका सबै मकै किन्ने पैसा पनि थिएन ।

हरिरामले संकल्प गरे, योजना बनाए, लगातार लागे, धैर्य गरे एक दिन हरिरामको त्यस्तै मकैवारी नै आफ्नै भयो । उनले सबैभन्दा पहिला किनेका मकैका घोगामध्ये केही बोटमै पाक्न छाडिदिए । पाकेका मकैलाई बिउको रुपमा जतनले जोगाए । कमाएको पैसाबाट थोरैथोरै गर्दै बचत गर्ने योजना बनाए र बचत बढाउँदै लगे ।

अको बर्ष केहि जमिन भाडामा लिएर राम्ररी खनजोत गरी मकै छरे अर्थात् उनले बचत गरेको पैसा मकै फलाउन लगानी गरे । राम्रो हेरचाह र स्याहार गरे । उनको मकै उत्पादन राम्रो भयो । अको वर्ष अझै बढी जमिनमा यस्तो खेती गरे । उनको हौसला बढ्दै गयो । उनले अझ धेरै बचत गर्न सके र त्यो बचतलाई लगानिको रुपमा प्रयोग गरे ।

केही वर्षमा उनले आफ्नै लगानिमा केहि जमिन किने । त्यसलाई क्रमशः बढाउदै लगे । आज रमेशसँग आफ्नै जमिन मात्रै होइन घरपिन बनाएका छन्।

संकल्प र बचत गर्ने बानीले उनीहरुकाे जीवन परिवर्तन भएजस्तै तपाइपिन आजैदेखि बचत र संकल्प गर्नुस् । धनी हुने कमाएर हाेइन बचत गरेर हाे । बचतकाे पुरा रुप भनेकाे बचाएर चलाउने तरिका हाे । त्यसैले याे अभियान सुरु गर्नुस् ।

0 thoughts on “यसरी पैसा कमाउनुस्”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!