विद्यर्थी जीवन: सफलताका सुत्रहरू

ByBibas chetan

९ भाद्र २०७६, सोमबार १०:१४ ९ भाद्र २०७६, सोमबार १०:१४ ९ भाद्र २०७६, सोमबार १०:१४

काम
जुन मानिसको दिमागमा काम भन्ने भावना उत्पन्न हुन्छ ती मानिसको मन अशान्त रहन्छ । यस्ता मानिस आफ्नो इच्छा पूरा गर्नका लागि सही वा गलत जुन बाटो पनि अपनाउँछन् । यदि कोही विद्यार्थी कामका बारेमा धेरै सोच्न थाल्छ भने ऊ आफ्नो पढाइ छाडेर जहाँ जानका लागि पनि तयार रहन्छ । कामका बारेमा सोच्दासोच्दै ऊ पढाइमा पछि पर्न थाल्छ । त्यसैले विद्यार्थी पढ्नेबाहेकका अन्य कामबाट टाढै रहँदा राम्रो हुन्छ ।

शृंगार
कोही विद्यार्थीको मन मेकअपमा लाग्यो भने उसले धेरैभन्दा धेरै समय यही कुरा सोच्नमा बिताउँछन् । कसरी राम्रो देखिने भन्नेमा तल्लीन रहन्छन् । यस्ता विद्यार्थी हरेक समय आफूलाई कसरी राम्रो देखाउने भन्ने मात्रै सोच्छन् । जसका कारण उनीहरूको दिमागमा पूरै समय नयाँ–नयाँ स्टाइलमा मात्रै जान्छ र पढाइबाट टाढा रहन्छन् । सौन्दर्यमा ध्यान दिने विद्यार्थीले कहिल्यै एक ठाउँमा ध्यान दिएर पढ्न सक्दैनन् । त्यसैले विद्यार्थीले यस्ता कुराबाट टाढै रहनु राम्रो हुन्छ ।

हाँसोठट्टा
विद्यार्थी जीवनको सबैभन्दा राम्रो गुण गम्भीरता हो । विद्यार्थीले शिक्षा प्राप्त गर्नका लागि र सफलता पाउनका लागि यो गुणलाई अपनाउनु राम्रो हुन्छ । जुन विद्यार्थी आफ्नो पूरा समय हाँसोठट्टामा बिताउँछ, उसलाई विद्या प्राप्त गर्न असहज हुन्छ । शिक्षा प्राप्त गर्नका लागि मनलाई स्थिर राख्नु आवश्यक हुन्छ । हाँसोठट्टामा समय बिताउने विद्यार्थी स्थिर हुँदैनन् ।

निद्रा
आवश्यकताभन्दा बढी सुत्नुले अल्छीपना बढ्छ । अल्छीले मानिसको जीवनमा आउने हर अवसरलाई गुमाउन मद्दत गर्छ । निद्रामा रमाउने मानिसले कहिल्यै पनि सही समयमा काम गर्न सक्दैन । यस्ता मानिस कुनै पनि काम गर्नका लागि सजिलो उपाय खोज्नतर्फ लाग्छन् । पूर्ण रूपमा शिक्षा पाउनका लागि विद्यार्थीलाई निद्रा त्याग्नु आवश्यक छ ।

लोभ
लोभले मानिसलाई आफ्नो फाइदाका लागि सबैलाई धोका दिन बाध्य बनाउँछ । यस्ता मानिस धर्म अधर्म कुनै पनि कुराको मतलब गर्दैनन् । लोभले मानिसलाई विलाप गर्नुपर्ने अवस्थामा पुर्‍याउँछ ।

क्रोध
केही व्यक्ति धेरै नै रिसाहा हुन्छन् । उनीहरू रिसको झोँकमा ठूला गल्ती गर्न सक्छन् । जसले उनीहरूको भविष्यमा नराम्रो असर पार्छ । यस्ता मानिस रिसमा जसलाई जे पनि गर्न सक्छन् । बढी रिसाउने मानिसको मन शान्त रहँदैन । विद्या प्राप्त गर्नका लागि शान्त स्वभाव चाहिन्छ । -नयाँ पत्रिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!