-लक्ष्य अर्को मानिसको भन्दा राम्रो हुनु पर्दैन । तर आफ्नो अघिल्लो लक्ष्यभन्दा राम्रो हुनुपर्छ ।
-खुसी भनेको तयार चिज होइन । यो तपाईंको आफ्नै कार्यबाट आउँछ ।
-स्थिरता र आनन्द प्राप्त गर्न हामीले आफूलाई चाहिएको कुरा सिक्नुपर्छ ।
-आफू र अरुका लागि भलाई गर्ने सबैभन्दा ठूलो सम्भावना कठिनाइ अन्तर्गत पर्छ ।
-करुणा हाम्रो समयको कट्टरपन्थ हो ।
-आफूलाई जित्नु भनेको युद्धमा हजारौंलाई जित्नुभन्दा ठूलो विजय हो ।
-मानिसहरू पूर्ति र खुसीको खोजीमा विभिन्न बाटो रोज्छन् । तिनीहरू तपाईंको बाटोमा छैनन् भन्दैमा तिनीहरू हराएको भन्ने हुँदैन ।
-यदि परिवर्तन ल्याउन तपाईं एकदम सानो छु भन्ने सोच्नुहुन्छ भने लामखुट्टेसँग सुत्ने प्रयास गर्नुहोस् ।
-आफूले माया गरेको व्यक्तिलाई उडान गर्ने पखेँटा दिनुहोस्, जरा पलाउन दिनुहोस् र आफूसँग रहने कारण दिनुहोस् ।
-यो धेरै दुर्लभ वा लगभग असम्भव छ कि कुनै घटना सबै दृष्टिकोणबाट नकारात्मक हुन सक्छ ।
-यदि तपाईं अरूलाई र आफूलाई खुसी देख्न चाहनुहुन्छ भने दया गर्नुहोस् ।
-सम्भव भएमा दयालु हुनुहोस् र यो सधैँ सम्भव हुन्छ ।
-कहिलेकाहीँ कसैले केही बोलेर प्रभाव पार्छ भने कहिलेकाहीँ कसैले मौन बसेर पनि महत्वपूर्ण प्रभाव पार्छ ।
-संसार नेताहरूको होइन, संसार सम्पूर्ण मानवताको हो ।
-अनुशासित दिमागले खुसी दिन्छ भने अनुशासनहीन दिमागले कष्ट दिन्छ ।
-याद राख्नुहोस् कि कहिलेकाहीँ तपाईंले चाहेको कुरा नपाउनुको कारण भाग्यको अद्भूत झड्का हुन सक्छ ।
-जति धेरै तपाईं प्रेमबाट उत्प्रेरित हुनुहुनेछ, तपाईंको कार्य त्यति नै निडर र स्वतन्त्र हुनेछ ।
-बिहानको केवल एउटा सकारात्मक विचारले तपाईंको पूरै दिन राम्राे गर्न सक्छ ।
-आशावादी हुन छनौट गर्नुहोस्, यसले राम्रो महसुस हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!