सजिलै पेट घटाउने ८ अभ्यास

ByBibas chetan

२६ भाद्र २०७६, बिहीबार ०९:२१ २६ भाद्र २०७६, बिहीबार ०९:२१ २६ भाद्र २०७६, बिहीबार ०९:२१

तपाईंलाई सजिलै गरी पेट घटाउनका लागि गर्नुपर्ने  अभ्यासबारे जानकारी राखेकाछौं । जुन अभ्यास तपाईले दैनिक एक महिनासम्म लगातार गर्नु भयो भने नतिजा आफैं थाहा पाउनु हुनेछ । त्यसका लागि तपाईंले २० मिनेटको दैनिक समय छुट्याउनुभयो भने अवस्य पुग्छ ।

लेग लिफ्ट

लेग लिफ्ट १५ रेप्स ३ सेट्सः यो व्यायाम गर्दा भुइँमा उत्तानो पल्टने र दुवै हात भुइँमा सीधासँग राख्ने। दुवै खुट्टा सीधा बनाएर भुइँदेखि कम्मरको सीधा उचाल्नुपर्छ।

बाइसाइकल

बाइसाइकल १५ रेप्स ३ सेट्स : यो व्यायाम लेग लिफ्टकै पोजिसनमा सुतेर साइकल चलाएको तरिकाले खुट्टा चाल्नुपर्छ।

अल्टरनेटिङ लेग लिफ्ट

अल्टरनेटिङ लेग लिफ्ट १५ रेप्स ३ सेट्सः यस स्टेपमा दुवै खुट्टा सीधा बनाउने र पालैपालो तल–माथि पार्ने।

सिजर्स

सिजर्स १५ रेप्स ३ सेट्सः यो स्टेप गर्दा दुवै खुट्टा कैँची स्टाइलमा चलाउने।

रक क्लाइम्बर

रक क्लाइम्बर १५ रेप्स ३ सेट्सः यो व्यायाम गर्दा पोजिसन चेन्ज गर्नुपर्छ। शरीरलाई घोप्टो बनाएर दुवै हातले जमिनमा टेक्ने र खुट्टा चलाउने अर्थात् हिँडेजस्तो गर्नुपर्छ।

पेल्भिक लिफ्ट

पेल्भिक लिफ्ट १५ रेप्स ३ सेट्सः यो व्यायाम उत्तानो पोजिसनमा दुवै खुट्टा र कुहिनाले जमिनमा टेक्ने र कम्मरलाई माथितिर उठाउने र जमिनतिर अर्थात् तल–माथि गर्ने।

एल्बो टु नी क्रन्चेच

एल्बो टु नी क्रन्चेच १५ रेप्स ३ सेट्सः यो व्यायाम गर्दा उत्तानो ढल्कने र घुँडा खुम्चाउने। एउटा खुट्टा अर्को घुँडामाथि राख्ने र दुवै हात टाउकोपछाडि राखेर टाउको उठाउने अनि कुहिनाले घुँडा छुने। यसरी दुवैपट्टि पालैपालो गर्ने।

लेग होल्ड

लेग होल्ड १५ रेप्स ३ सेट्सः यो व्यायाममा उत्तानो पोजिसनमा खुट्टालाई जमिनभन्दा माथि उठाएर होल्ड गर्नुपर्छ। यी माथि उल्लिखित व्यायाम नियमित रूपमा गर्नुभयो भने पेट घट्नुका साथै ‘टाइट’ हुन्छ। नियमित व्यायाम गर्न थालेको १५ दिनदेखि शरीरमा आएको फरकपन थाहा पाउनुहुन्छ। यसले तपाईंलाई रिफ्रेस पनि बनाइराख्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!