कुन खानाले कुन अङ्ग जोगाउँछ ?

ByBibas chetan

२६ भाद्र २०७६, बिहीबार १९:३८ २६ भाद्र २०७६, बिहीबार १९:३८ २६ भाद्र २०७६, बिहीबार १९:३८

‘हामी दाँतले आफ्नै चिहान खनिरहेका हुन्छौं ।’ भन्ने उखान छ नि नेपाली समाजमा । यसको सार हामीले खाने खानाले स्वास्थ्यमा गर्ने असर र प्रभाव नै हो । तसर्थ खाना खाँदा जिब्रोकोे स्वादका लागि होइन, शरीरको स्वास्थ्यका लागि हेक्का राख्नुपर्छ ।

हृदयाघात निम्त्याउने एयाथिरोस्किलोरोसिस ९मुटुमा रगत पुर्‍याउने नशाका रोग, मस्तिष्काघात, आँखाको दृष्टि गुम्न कारक मानिएको म्याकुलर डिजिज, क्यान्सर र समयअगावै बुढ्यौली निम्त्याउने रोगको प्रमुख कारक अनवरत रुपमा हुने आन्तरिक सुजन वा क्रोनिक इन्फ्ल्यामेसन हो । त्यस्तो आन्तरिक सुजन भगाउने खाना गाढा हरियो सागसब्जी, फलफूल, गेडागुडी, सखरखण्ड, जैत्नको तेल, हर्दी, साल्मन र सार्डिन प्रजातिका माछा, सोयाबिन ९तोफुलगायत० होल ग्रेन आदि हुन् ।

खानामा बटर चिज, भेजिटेबल ओयल र चिनीको मात्रा धेरै भएका खाना नियन्त्रण गर्नुपर्छ । शरीरमा दैनिक रुपमा भइरहने विभिन्न रासायनिक प्रतिक्रियाले अक्सिजन फ्रि–र्‍याडिकल पैदा गर्छन् जुन शरीरका लागि अन्त्यन्तै हानिकारक हुन्छन् । यस्ता र्‍याडिकलले विभिन्न दीर्घरोग नित्म्याउँछन् । तसर्थ बाह्य तत्व वा खानाबाट प्राप्त हुने एन्टिअक्सिडेन्ट जस्तै भिटामिन–ए र बिटा–क्यारोटिन, भिटामिन–ई र भिटामिन–सीको पनि नियमित सेवन गर्नुपर्छ ।

ब्रोकाउली, बन्दा, गेडागुडी, हरियो केराउ, सोया, तोफु, जामुन, बेरिज, कन्दमूल, बदाम, जैतुनको तेलजस्ता भिटामिन पाइने सामग्री हुन् । यस्ता खानाको नियमित सेवनसँगै केही स्वास्थ्यसँग सम्बन्धित व्यवहार पनि सुधार्न अत्यन्त जरुरी छ । नियमित ध्यान गर्ने, प्रसन्नचित्त रहने, हतारमा नबाँच्ने, आफूलाई सक्रिय बनाउने वा सिर्जनामा व्यस्त रहने, दैनिक हल्का व्यायाम गर्ने, धूमपान नगर्ने, मद्यपान सकिन्छ भने केवल एक वा दुई ड्रिङ्कमा सीमित रहने ९पहिले खाने बानी छैन भने सुरु नगर्ने०, पानी प्रशस्त पिउने गर्नाले स्वस्थ रहन सकिन्छ ।

मुटुको स्वास्थ्यका लागि जस्तै जौ, मकै, गहुँ, कोदोलगायत फाइबरयुक्त खाद्यसामग्री उपयोगी हुन्छन् । तरकारीमा गेडागुडी, सिमी, केराउ, सोयाबिन आदि र फलफूलमा स्याउ, अम्बा, सुन्तला, मेवा, अंगुर, अनार, भुईंकटहरलगायत पर्छन् । त्यस्तै तरकारीमा अन्य कुरिलो, ब्रोकाउली, तामा, बोडी, बन्दाकोभी, मुला, सलगम, लसुन ९२–३ कोसा दैनिक काँचो वा भुटेर सेवन गर्दा मुटुलाई फाइदा पुर्‍याउँछ ।

मुटुको रोग नलागेका व्यक्तिमा माछा ९मूलतः सार्डिन र साल्मन प्रजातिका० प्रयोग गर्नुु राम्रो हुन्छ भने मुटु रोग लागिसकेकालाई फिस ओयलको दैनिक सेवन लाभकारी हुन्छ । त्यसरी माछा सेवन गर्दा हप्तामा दुई वा तीनपटक घटीमा पनि सेवन गर्नुपर्छ । पेय पदार्थमा भने डिक्याफिनेटेट चिया, सबै प्रकारका फलफूलका रस, हर्बल चिया र तरकारीको सुप प्रभावकारी हुन्छ । अण्डाको सेतो भाग र दहीलाई पनि मुटुमा उपयोगी मानिएको छ ।

One thought on “कुन खानाले कुन अङ्ग जोगाउँछ ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!