१‌. समयभन्दा बलवान केही हुँदैन ।
२. जसरी नदी बग्छ, त्यसरी नै विगत पनि फर्केर आउँदैन ।
३. कसैप्रति दुषित भाव राख्दा आफ्नै मन मैलो हुन्छ ।
४. खतराले ढोका ढकढक्याएन भने रोमान्चक र सफलताको सुरु हुँदैन ।
५. कुनै रिसमा भएपनि कहिल्यै अरुलाई अभद्र व्यवहार नगर ।
६. महत्वकाँक्षा भएको मन सधै रित्तो हुन्छ । उ नै सफलताको हकदार ।
७. जहाँ सहयोग र मेलमिलाप हुन्छ त्यहा नै बढी शक्ति हुन्छ ।
८. जहाँ कर्तव्यपालन भएको छैन त्यहाँ राम्रो कुरालाई पनि नराम्रो बुझिछ ।
९. अप्ठयारो परिस्थिति नै राम्रो भाग्य हो र अरुले गर्ने नकारात्मक आलोचना सप्लताको संकेत हो ।
१०. अहंकार मानिसको सबैभन्दा ठूलो सत्रु हो, त्यसले सुनको हारलाई पनि माटो बनाइदिन्छ ।
११. इच्छाशक्ति र दृढसंकल्पले मानिसलाई रंकबाट राजा बनाइदिन्छ ।
१२. प्रियजनलाई पनि मोहवश अत्याधिक प्रेम गर्न थालियो भने यश हराउँछ ।
१३. दुख र विपद, जीवनको यस्तो दुई पाहुना हुन्, जो विना निम्तो आउन सक्छन् ।
१४. संसारमा यस्ता व्यक्ति धेरै कम हुन्छन्, जो कठोर तर हितको कुरा गर्छन् ।
१५. कुनै वचन तोड्नाले अरु सबै सत्य कर्म पनि नष्ट हुन्छ ।
१६. संघर्षले नै मानिस महान बन्छन् । यदि जीवनमा अगाडि बढ्ने हो भने संघर्ष गर्न जरुरी छ ।
१७. असल व्यक्ति अरुलाई दुखबाट मुक्ति दिलाउन आफू दु:ख सहन्छ । तर, दुष्ट व्यक्ति अरुलाई सधै दुःखमा पार्नका लागि प्रयासरत हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!