ताली बजाउनु स्वास्थ्यका लागि फाइदै फाइदा

ByBibas Kulung

२५ मंसिर २०७७, बिहीबार १५:५३ २५ मंसिर २०७७, बिहीबार १५:५३ २५ मंसिर २०७७, बिहीबार १५:५३ #ताली, #ताली बजाउनु, #मनछुने भनाइ, #राम्रा भनाइ, #सफलता, #स्वास्थ्य

सामान्यतया हामी अरूको खुसीमा सामेल हुँदा वा कसैलाई प्रोत्साहित गर्नुपर्दा ताली बजाउने गर्छौं । यसरी ताली बजाउनुलाई सामान्य रूपमा लिने गरिन्छ । यद्यपि, नियमित ताली बजाउनु स्वास्थ्यका लागि लाभदायी छ भन्ने वैज्ञानिकहरूले पुष्टि गरेका छन् ।

ताली बजाउँदा हातका सबै बिन्दुमा दबाब पर्ने भएकाले ऊर्जा प्रवाह हुनुका साथै शरीरमा ताजापन महसुस हुन्छ ।

ढाड, घाँटी र जोर्नी दुख्नेहरूले प्रत्येक औँलामा जोड पर्ने गरी ताली बजाउन आवश्यक छ । यसका लागि सही तरिकाले नियमित ताली बजाउनु पर्छ ।

ताली बजाएमा बच्चाको दिमागमा सकारात्मक असर पर्छ । दैनिक करिब आधा घन्टा नियमित ताली बजाउँदा मधुमेह, उच्च रक्तचाप, रुघाखोकी, कपाल झर्ने समस्याबाट बच्न सकिन्छ ।

मुटु, दम, फोक्सो र ग्यास्ट्रिकको समस्या, टाउको दुख्ने तथा बेचैन हुनेजस्ता समस्याबाट राहत महसुस गर्न ताली बजाउन आवश्यक छ ।

पाचनमा समस्या भएकाका लागि ताली अचुक औषधि हो । यसका लागि नियमित १५ देखि २० मिनेट ताली बजाउन सकिन्छ । यसरी बजाउँदा दाहिने हातको चार औँलामा दबाब परेको हुनुपर्छ ।

उभिएर खुला हावामा ताली बजाउँदा शरीरका अंगहरू सक्रिय हुन्छन् । रक्तचाप कम भएका व्यक्तिले दिनहुँ ताली बजाउँदा रक्तसञ्चारमा सुधार आउँछ ।

बुढाबुढीमा हाडजोर्नी दुख्ने समस्याका लागि समेत ताली प्रभावकारी हुन्छ । दैनिक १५ मिनेटजति तालीको अभ्यास गर्न सकिन्छ । जसले रोगप्रतिरोधी क्षमता अभिवृद्धि गर्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!