-जसले पीडा अनुभव गर्दैन, उसले कहिल्यै पीडाको विषय सोच्दैन । – स्यामुयल जोन्सन
-संसार पीडाहरूले भरिएको छ र यसबाट बाहिर निक्लिने उपायले पनि भरिएको छ । – हेलन केलर
-विचार गर, यो कति ठूलो काम हो पीडा सहनु र बलियो हुनु । – लङ्गफेलो
-असह्य पीडाभन्दा खराब दुनियाँमा केही छैन । बाँकी सबै काल्पनिक हुन् र हाम्रो हेराइको ज्योतिमा निर्भर हुन्छन् । – मेरी दि सेभिन
-हरेकले आफ्नो जीवनमा दुईमध्ये एक छान्नै पर्छ नैराश्य या पीडा ।- – म्याडाम दि स्टिल
-कुनै वस्तु सुरु हुँदैन, कुनै अन्त्य हुँदैन, जो आँशुसँग नसाटिएको होस् । किनकि हामी अरुको पीडाले जन्मन्छौ र आफ्नै पीडाले अन्त्य हुन्छौँ । – फ्रान्सिस थम्पसन
-पीडा स्थायी छ, अदृश्य र अन्धकारपूर्ण छ र ईश्वरीयतासँगै छ । – वर्डस्वर्थ
-पीडा छैन भने प्राप्ति छैन, काँडा छैन भने उपलब्धि पनि छैन, घृणा छैन भने गौरव पनि छैन । – विलियम पेन
-जो बाँच्छ पीडा भोग्नै पर्छ, जो विचार गर्छ ऊ शोकमा डुब्नै पर्छ, त्यसले मात्र आशीर्वाद पाउँछ जो जन्मिएकै छैन ।म्याथ्यु प्रायर
-यदि तिमी पीडाबाट मुक्ति पाएर जिउन चाहन्छौ भने तिमी या ईश्वर बन्नुपर्छ या अभिशाप । अरु मानिसका समस्या बुझ, तिम्रो पीडा हल्का हुनेछ ।मेनान्डर
-पीडितहरूले आफ्नो परिस्थिति बदल्ने प्रयास गर्नुपर्छ, उनीहरूले कष्टबाट उपेक्षित भएर बस्नुभन्दा उत्साहपूर्वक परिस्थितिलाई बदल्ने प्रयास गर्नुपर्छ । – गौतमबुद्ध

One thought on “पीडासम्बन्धी महान भनाइहरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!