-गहिरिएर सोच्नुभयो भने तपाईंलाई थाहा हुनेछ कि सफल व्यक्ति आफनो व्यक्तित्व र चरित्रको कारण नै महान बनेका छन् ।
-ईश्वरले एक पटकमा एउटै क्षण दिन्छन् र दोस्रो क्षण दिनुपूर्व त्यो क्षण फिर्ता लिन्छन् ।
-दिन दुखी मित्रको वेशमा हाम्रो सामुन्ने आउँछन् र प्रकृतिको अमूल्य उपहार ल्याउँछन् । यदि हामीले तिनको उपयोग गरेनौँ भने ती चुपचाप फर्किन्छन् ।
-जीवन गुमाउनुको सट्टा मानवीय गुणलाई हासिल गर्नुमा आफ्नो समयको सदुपयोग गर्नुपर्दछ ।
-आशा र आत्मविश्वास नै त्यस्ता तत्व हुन् जसले हाम्रो शक्तिलाई जागृत गर्दछन् र हाम्रो उत्पादन शक्तिलाई द्धिगुणा बढाउँछ ।
-अभिलाशाले तबमात्र परिणाम ल्याउँछ जब अभिलाषालाई दृढ निश्चयमा परिणत गरिन्छ ।
-जो मानिस आफनो मनको दास बनिरहन्छ, त्यो प्रभावशाली पुरुष बन्न सक्दैन ।
-हामी ईच्छा जसको गर्छौ, जसको प्राप्तिका लागि सम्पूर्ण अन्तष्करणदेखि अभिलाषा गर्छौ त्यसको प्राप्ति हामीलाई अवश्य हुन्छ ।
-अभिलाषाले तब मात्र फल दिन्छ जब त्यसले दृढ निश्चयको रुप धारण गर्दछ ।
-मानसिक स्वास्थ्यका लागि भरपूर किसिमले हाँस्नु ज्यादै हितकर छ ।
-असल मित्र भाग्यले नै पाइन्छ । त्यसैले वास्तविक मित्रलाई कहिल्यै गुमाउनु हुन्न । साँचो मित्र जीवनकै रक्षक हो ।