मनुष्यको जीवन एक महानदी जस्तै हो जसले आफनो प्रवाहद्धारा नयाँ दिशामा आफ्नो बाटो बनाउँछ ।

फूल टिपेर जम्मा गर्नका लागि नपर्ख । अघि बढ्दै जाऊ, तिम्रो बाटोमा निरन्तर फूल फुलिरहनेछन् ।

चन्द्रमाले आफनो प्रकास सम्पूर्ण आकाशमा फिजाउछ, तर आफनो कलंक आफूसगै राख्दछ ।

एकान्तले हामीलाई बताउँछ कि हामी कस्तो हुनुपर्दछ ।

थोरै पढ्नु, धेरै सोच्नु, थोरै बोल्नु, धेरै सुन्नु यही नै बुद्धिमान हुने उपाय हो ।

जब म आफूमाथि हाँस्छु तब मेरो मनको बोझ हलुका हुन्छ ।

शीतलबाट नै चरित्र निर्माण हुन्छ । शीतल हाम्रो गतिका लागि संबल हो ।

बाधाहरु हम्रो हृदयको सम्पूर्ण शक्तिलाई जागृत गर्नका लागि आउँछन् ।

मुक्ति शून्यतामा होइन पूर्णतामा हुन्छ । पूर्णताले सृष्टि गर्दछ, ध्वंस गर्दैन ।

हाम्रो जीवनको प्रत्येक दोस्रो दिन अघिल्लो दिनभन्दा केही भिन्न होस् जसबाट हामीले केही सिकौँ ।

असल र राम्रो कुराको हाँसो उडाउन जति सजिलो हुन्छ त्यति हाँसो लाग्दो कुराको हाँसो उडाउन सजिलो हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!