माता पिताको समुचित सेवा, सर्वप्राणीप्रति आदरभाव तथा सत्यता सर्वोत्तम सिद्धान्त हुन । यी धर्म गुणको वृद्धि निरन्तर हुनुपर्दछ ।

सर्वत्र सबै धर्मका मानिस बसून ।

मेरा प्रजा मेरा लागि आफनै सन्तानवत् छन् ।

मेरो राज्यमा कसैले प्राणी हत्या गरेन हवन नगरोस, सामाजिक व्यवहार नगरोस । कुनै प्राणीको पोषण कुनै अन्य प्राणीको हिंसाबाट नहोस ।

मानिसले अर्काको धर्म पनि सुन्नु पर्दछ । जो मानिस आफ्नो धर्मलाई पूज्दछ तर अरुको धर्मको निन्दा गर्दछ, त्यस्तो मानिसले आफ्नो धर्मको भयंकर हानि गर्दछ ।

धर्मको अनुशासन नै श्रेष्ठ हो । जो शीलवान छैन उसले धर्मको आचरण पनि गर्न सक्दैन । त्यसैले धर्माचरणको वृद्धि गर्नु र त्यसको हानि हुनु नदिनु असल हो ।

सबै मानिसको हित नै मैले आफ्नो प्रभान कर्तव्य ठान्दछु । सबैको हित गर्नुभन्दा ठूलो अरु कुनै कार्य छैन ।

सबै स्थानमा सबै सम्प्रदायका मानिससँगैँ निवास गरुन, किनकि सबै सम्प्रदाय संयम र चित्तको शुद्धि चाहान्छन । तर भिन्न भिन्न मनुष्यको प्रवृत्ति तथा रुचि राम्रो नराम्रो, उच्च निकृष्ट हुन्छ ।

म यश वा कीर्तिलाई ठूलो कुरा सम्झन्न । जे जति यश कीर्ति म चाहन्छु त्यो यस कारण कि वर्तमान र भविष्यमा मेरा प्रजा सेवा कार्यमा र धर्म र व्रत पालन गर्नमा उत्साहित बनून ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!