• संसारको सबैभन्दा महान भाषाविद् आमा हुन् ।
  • प्रेमले लगाउने सबैभन्दा सुन्दर वस्त्रको नाम हो, लाज ।
  • अलिअलि छोपिनु र अलिअलि देख्नु नै जीवन हो रहेछ ।
  • जुन चिज सबैभन्दा आकर्षक हुन्छ, त्यही चिज सबैभन्दा कुरूप पनि हुन्छ ।
  • साहित्य बिचारमा लागे तर्क निस्किन्छ, हृदयमा लागे परिवर्तन हुन्छ ।
  • अक्षरहरु कुनै ह्रस्व हुन्छन् कुनै दीर्घ । जीवन पनि कुनै ह्रस्व हुन्छन् कुनै दीर्घ ।
  • लेखक र पाठकलाई जोड्ने पुलको नाम नै पुस्तक हो । यही पुस्तकको पुलबाट हिँड्दा पाठकले लेखक भेट्छन्, लेखकले पाठक ।
  • जिन्दगी चुरोटजस्तो रहेछ । आगोसँग रिसाएर चुरोटदे ओठसँग अंकमाल गर्छ । तर त्यही ओठले नै आगोसँग मिलेर चुरोट सिध्याइदिन्छ ।
  • मैलो पर्‍यो भने तन धुन्छौं, मन पनि धुनुपर्छ । मन धुने पानी भनेकाे आँशु हाे ।
  • ठूला मान्छेहरूकाे बायोग्राफी बन्छ भने सामान्य मानिसहरूकाे उपन्यास लेखिन्छ ।
One thought on “अमर न्यौपानेका पढ्नै पर्ने १० भनाइ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!