-मनुष्यलाई पापी भन्नु नै पाप हो । यो कथन मानव स्वभावमा एक लान्छना हो ।

-भयबाट दुःख आउँछ र भयबाट नै खराबीको जन्म हुन्छ ।

-यो समस्त संसार आनन्दले भरिएको एक सुन्दर कविता हो ।

-प्रसन्नता अनमोल धन हो । सानो सानो कुरामा यसलाई लुटिन नदेऊ ।

-संसारमै रहू तर संसारको माया जालबाट निर्लिप्त रहू ।

-दयाशील अन्तस्करण प्रत्यक्ष स्वर्ग हो ।

-कुनै पनि कुरामा बादविवाद बढ्यो भने सन्तुलन नष्ट हुन्छ ।

-मनुष्य नै परमात्माको सर्वोच्च साक्षात मन्दिर हो, त्यसैले साक्षात देवताको पूजा गर ।

-ईच्छाको समुद्र अतृप्त रहन्छ । त्यसका माग जति जति पूरा हुन्छन्, त्यति त्यति त्यो गर्जन्छ ।

-एक आदर्श सन्यासी हुनु भन्दा एक आदर्श गृहस्थ हुनु धेरै कठिन छ ।

-गायत्री सद्बुद्धिको मन्त्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!