औंशीको अभेद्य अन्धकारको अन्तस्करण पूर्णिमाको उज्वलतालाई सम्झेर थर्कमान हुन्छ ।

निराशा रुपी गहन अन्धकारमा पनि हामीले आफ्नो शिर आत्म गौरवले अलि उँचा उठाएर हेरौँ ।

राज्यलाई इच्छा लाग्ने बित्तिकै व्यत्तिगत सम्पति जफत गर्ने अधिकार दिनु ज्यादै खतरापूर्ण कुरा हुन्छ ।

जीवन रुपी फूललाई पूर्ण शत्तिले फक्राउनुहोस ।

गरिबी, बेरोजगारी, भोकमरी ईश्वरको विधान होइन, यी त मानवीय व्यवस्थाको विफलताको परिणाम हो ।

शिक्षा आज व्यापार बनेको छ । यस्तो खवस्थामा त्यसमा जीवन्तता कहाँ रहला ? उपनिषद अथवा प्राचीन ग्रन्थतर्फ हाम्रो ध्यान जाँदैन ।

परमात्मा एउटै हुन् तर उनको प्राप्तिका अनेक मार्ग छन ।

साहित्यकारको हृदयद या, क्षमा, करुणा र प्रेमले भरिपूर्ण रहन्छ । त्यसैले ऊ रत्तको होली खेल्न सक्दैन ।

यो संघर्षले जति बलिदानको माग गर्नेछ त्यो दिईनेछ । अनुशासनको आवश्यकता जति हुनेछ यस देशले त्यति नै अनुशासनको परिचय दिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!