• जति पटक भेडा कराउँछ, त्यतिपटक नै घाँस खाने अवसर मिल्न सक्छ । – चर्चित भनाई
  • अवसर चिन्न गाह्रो हुन्छ । यसले सम्मानसाथ बोलाउछ भन्ने अपेक्षा हामी गर्छौँ । –विलियम आर्थर वार्ड
  • दैनिक गुमाएको अवसरजस्तो फिर्ता ल्याउन नमिल्ने अरु केही छैन् । मेरीभोन इबनर
  • क्षणभरको लागि हितकारी अवसर आउछ । हामी त्यसलाई गुमाउदछौँ र महिनाभरि तथा वर्षौँसम्मको अवसर नाश हुन जान्छ । – कार्लाइल
  • अवसरले ढोका ढक्ढकाओस् भन्ने चाहना छ भने पहिला ढोका बनाउनुहोस् । – मिल्टन ब्रेले
  • अवसर मानिसले चाल नपाउने गरी मात्र आउछ । त्यसै भएर अत्यन्त चलाख मानिसले मात्र यसलाई प्रयोग गर्न सक्छन् । –मिल्टवी व्याबक
  • पहिलो अवसर गुमाउनेले दोस्रो मौका पाउन गाह्रो हुन्छ । – जोन्स चोले
  • नराम्रो अवसर त दिनमा सय पटक आउछ तर राम्राे अवसर वर्षमा एक पटकमात्र प्राप्त हुन्छ । – भोल्तेयर
  • पाएको अवसर गुमाउनेले र कुमार्गमा लाग्नेलाई ऐश्वर्य प्राप्त हुन्न । –ऋग्वेद
  • अवसर आएको बेला समातिहाल्नु नै सफलताको सिढि हो । वेञ्जामिन डिजरायलि
  • आधुनिक विश्वमा धेरै मात्रामा अवसरहरु पैतृक परिस्थितिमा निर्भर गरिन्छ । –ह्यारोल्ड जे. लास्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!