१.अविवाहितहरु प्रेमको प्रभावले वर्बाद हुन्छन् भने विवाहितहरु प्रेमको अभावमा वर्बाद हुन्छन् ।
२.खान नपाएर थोरै मान्छे मर्छन भने खान नजानेर धेरै मान्छे मर्छन् ।
३.धनी बन्न खोज्ने मान्छे अपराधी बन्छ भने गुणी बन्न खोज्ने मान्छे धनी बन्छ ।
४.गरीब त्यो होइन जसले बिस्त्र किन्न सक्दैन । गरीब त्यो हो जसको महँगो बिस्त्र भएर पनि सुत्न सक्दैन ।
५.सबैभन्दा सस्तो औषधि हाँसो हो, यसको कमी भयो भने सबभन्दा महँगो औषधि खान बाध्य भइन्छ ।
६.सब थोक पाएर दुखी हुनु भन्दा सबै थोक गुमाएर सुखी हुनु महान कुरा हो ।
७.व्यापारीले कमाउन सकेन भने ऊ बर्बाद हुन्छ, राजनेताले कमाउन थाल्यो भने देश बर्बाद हुन्छ ।
८.सम्पति नभएर गरिब भईदैन । भएको सम्पति नचिनेर गरिब होइन्छ ।
९.धन भनेको कम्पोस्ट मल जस्तै हो । यदि यसलाई धेरै ठाउँमा फैलायो भने धेरै ठाउँको कल्याण
गर्छ | यदि यसलाई एकै ठाउँमा थुपारियो भने यसले दूर्गन्ध फैलाउने बाहेक अरु केही गर्दैन”
१०.र्कालाई सुख बाँड्नको लागि पहिले आफै सुखी बन्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!