‘सेक्सोमनिया’ के हाे ?

ByBibas chetan

७ असार २०७६, शनिबार ०९:०६ ७ असार २०७६, शनिबार ०९:०६ ७ असार २०७६, शनिबार ०९:०६

सपनामा सेक्सको अर्थ
कैयन सपनाहरुले व्यक्तिलाई अत्यन्त मिठो अनुभूति गराउँछन् । त्यसमा एउटा हो, सेक्सको सपना । विशेषज्ञको भनाई अनुसार जब कुनै व्यक्तिले वास्तविक जिवनमा सेक्सको आनन्द लिन वा सेक्ससँग सम्वन्धित भावना उजागर गर्न सक्दैनन्, त्यतिबेला यस्तो सपना देखिन्छ । यस्तो सपनामा तपाईं आफूलाई कुनै अपरिचितका साथ, अफिसकै सहकर्मीसँग, सार्वजनिक स्थानमा वा आफ्नो पूर्वप्रेमिकासँग सेक्स गरिहेको पाउनुहुन्छ ।

अपरिचितसँग सेक्स
यस्तो सपनाले तपाईंको कामेच्छाको स्थितिको बारेमा संकेत गर्छ । तपाईंको मस्तिष्कले तपाईंलाई यो बताउने कोशिश गरिरहेको हुन्छ कि सेक्ससम्वन्धी तपाईंका शारीरिक आवश्यकताहरु पूर्ति भइरहेका छैनन् । यस्तो प्रकारको सपना देखेपछि मनलाई शान्त राख्ने प्रयास गर्नुस ।

पुरानो प्रेमी-प्रेमीकासँग सेक्स
यदि तपाईंको पूर्वप्रेमी वा प्रेमिकाको जन्मदिन आउन लागेको छ वा हालै तपाईंले उनीसँग बिताएका पलको फोटो हेर्नुभएको छ भने यस्तो सपना देख्न सकिन्छ । कहिलेकाहीँ जब तपाईं आफ्नो नयाँ साथीसँग नजिक बन्नुहुन्छ, त्यतिबेला भुपु मायालुको झझल्को आउँछ । तर, नयाँ साथीसँग प्रेममा पर्नुभयो भने पुरानो प्रेमी-प्रेमिकालाई बिस्तारै भुल्नुहुन्छ ।

परिचित व्यक्तिसँग सेक्स
कहिलेकाहीँ तपाईं आफ्नो वरिपरीको चिनजानको व्यक्तिसँग सेक्स गरेको सपना देख्न पुग्नुहुन्छ । यस्तो सपना त्यतिबेला देखिन्छ, जब तपाईं कुनै परिचित व्यक्तिप्रति अत्यधिक आकषिर्त भइरहनु भएको हुन्छ । तर, आफ्नो मनको भावना प्रकट गर्न सक्नुभएको हूँदैन ।

बोससँग सेक्स
धेरै युवा-युवतीहरुको सपनामा आफ्नो विपरितलिंगी बोससँग सेक्स गरिरहेका हुन्छन् । यसको मतलब तपाईं आफ्नो बोससँग साँच्चिकै शारीरिक सम्वन्ध राख्न चाहनुहुन्छ भन्ने होइन । फेरि यस्तो सपना देखियो भन्दैमा बोससँग दुरी बढाउनेतिर लाग्नु पनि हुँदैन । यस्तो सपना त्यतिबेला देखिन्छ, जब तपाईं बोसलाई आफ्नो प्रेरणास्रोत मान्नुहुन्छ ।

सेलिब्रिटीसँग सेक्स
आफूलाई मन पर्ने सेलिब्रेटीसँग सेक्स गर्न नचाहने को होला ? यही चाहना जब तीव्र बन्छ, त्यतिबेला सपनामा देखिन्छ । यो कुनै खराब कुरा होइन । तर, यदि तपाईं कसैसँग रिलेसनसीपमा हुनुहुन्छ भने उसको तुलना आफूलाई मनपर्ने सेलिबि्रटीसँग नगर्नुस ।

सार्वजनिक स्थानमा सेक्स
परिवार वा कुनै साथीले तपाईंको पार्टनरको विषयमा गरेको कुराले तपाईंलाई मानसिक रुपमा असर गरेको छ भने यस्तो सपना देखिन्छ । यसका साथै तपाईंले आफ्नो प्रेम सम्वन्धका बारेमा अरुलाई भन्न सकिरहनु भएको छैन भने पनि यस्तो सपना देखिन्छ ।

एकैपटक धेरै व्यक्तिसँग सेक्स
यसले जटिल मानसिक अवस्थातर्फ संकेत गर्छ । धेरै कामहरु एकैपटक गर्नुपर्दाको तनावका बीच यस्तो सपना देख्न सकिन्छ । यदि सबै काम आफ्नो टाउकोमा नलिएर सबैलाई बाँड्नुभयो भने यस्तो सपना स्वत कम हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!