सामान्य मानिस पनि सफल भएका हजार रेकर्ड छन्

ByBibas Kulung

१९ माघ २०७७, सोमबार ०९:४३ १९ माघ २०७७, सोमबार ०९:४३ १९ माघ २०७७, सोमबार ०९:४३


– सबैभन्दा गर्व गर्ने कुरा कहिल्यै पनि नलड्नु होइन । बरु जति पटक लडे पनि उठ्नु गर्वको कुरा हो ।

– हजार किलोमिटर यात्रा पनि केवल एक कदमबाट सुरु हुन्छ । त्यसैले सपना पूरा गर्न आजै सुरु गर्नुहाेस् ।

– जब यो स्पष्ट हुन्छ कि, लक्ष्य प्राप्त गर्न संभव छैन । तब लक्ष्य बदल्ने होइन, बरु आफ्नो काम गर्ने तरिका बदल्नुहोस् ।

– एक निरासावादीले हरेक अवसरमा कठिनाई देख्छ र एक आशावादीले हरेक कठिनाईमा अवसर देख्छ ।

– जीत्नेवालाले कहिल्यै हार मान्दैनन् र हार मान्नेवालाले कहिल्यै जित्दैनन् ।

– सफलतामा खुसी मनाउनु राम्रो हो तर त्योभन्दा बढी जरुरी हुन्छ आफ्नो सफलताबाट पाठ सिक्नू ।

– सबैभन्दा ठूलो जोखिम त केही पनि जोखिम नलिनु हो ।

– जबसम्म तपाईं समुन्द्र किनार छाड्ने हिम्मत गर्नुहुन्न, तबसम्म समुन्द्र पार नै गर्न सक्नुहुन्न ।

– कुनै पनि धेरै कठिन छैन यदि त्यसलाई स-सनो कार्यमा विभाजन गर्नुभयो भने ।

– विपरित परिस्थितिमा कति मानिस टुट्छन् त, कतिले रेकर्ड तोड्छन् ।

– जुन व्यक्तिले जीवनमा केही गल्ति गरेकै छैनन् भने उसले केही नयाँ गर्ने प्रयास गरेकै छैनन् ।

–  जीवनकाे सबैभन्दा ठूला दुई गल्ती : एक पुरा यात्रा तय नगर्ने, अर्को यसको सुरुवात नै नगर्ने ।

– जीवनको सही आनन्द लिनका लागि आर्थिक स्थिति होइन, मानसिक स्थिति सही हुनुपर्छ ।

– पैसाले नयाँ-नयाँ सम्बन्ध बनाउँछ । तर असली र पुरानो सम्बन्धलाई ध्वस्त बनाइदिन्छ ।

– कुनै पनि व्यक्तिको खराब कुरा गर्नु आम मानिसको प्रवृत्ति हो । तर खराब कुरामा राम्रो कुरा खोज्नु खास व्यक्तिको गुण हो ।

– इच्छा पुरा नहुँदा क्रोध बढ्छ । इच्छा पुरा भएपछि लोभ बढ्छ । त्यसैले जीवनलाई हरेक स्थितीमा धैर्य बनाइराख्नुपर्छ ।

– सानोतिनो कुरा मनमा राख्नाले ठूलो-ठूलो सम्बन्ध कमजोर हुनसक्छ ।

– मैले यो सिकें कि डर नहुनु बहादुरी होइन । बरु डरमाथि विजय प्राप्त गर्नु बहादुरी हो ।

– जीवनमा समस्याबाट भाग्नु अर्को समस्यालाई जन्म दिनु हो । हरेक समस्यासँग जुध्नुपर्छ । किनभने हरेक समस्याले अवसर पनि बोकेर आएको हुन्छ ।

– तपाईं यो नसोच्नुहोस् कि ‘मैले के गुमाएँ ?’ बरु यो सोच्नुहोस् कि तपाईंसँग त्यस्तो के छ, जो दुनियाँ खोज्न चाहन्छन् ।

– जीवनमा कठिनाई हामीलाई दुख दिनका लागि आएको हुँदैन । बरु यो त हामीभित्र लुकेको सामथ्र्य र शक्तिलाई बाहिर निकाल्न आएको हुन्छ ।

– पैसा तपाईंको सेवक हो, यदि त्यसलाई उपयोग गर्नु जन्नुभयो भने । पैसा तपाईको मालिक हो, यदि त्यसलाई प्रयोग गर्न जान्नु भएन भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!