श्रीराम शर्मा आचार्यका भनाइहरू

ByBibas Kulung

११ फाल्गुन २०७७, मंगलवार ०७:२८ ११ फाल्गुन २०७७, मंगलवार ०७:२८ ११ फाल्गुन २०७७, मंगलवार ०७:२८ #अमर भनाइ, #नेपाली भनाई, #प्रेरक भनाइ, #भनाइहरू, #मनछुने भनाई, #राम्रा भनाइ, #सफलता

बाहिरी जीवनलाई घटनाले ढाक्दछन् र भित्री जीवनलाई भावनाले । भावनाको वर्चश्व नै अध्यायवाद हो । कामना र वस्तुको दौड भौतिकवाद हो ।
शरीर भगवानको मन्दिर हो । आत्माको निवास हुनाले हुनाले उसको पवित्रता सबै प्रकारले अक्षुण्ण राख्नु योग्य छ ।
मन्दिरलाई सुधार गर्नु, जार्णोद्धार गर्नु पुण्य कर्ममा गनिन्छ । तब आफनो वा अर्काको शरीरलाई स्वस्थ एवम सुन्दर बनाउनु, आत्माको निवास स्थान
मन्दिरलाई ठीक अवस्थामा राख्नु पनि धर्म कार्य मानिनेछ ।
मानिस वरदान प्राप्त गर्नका लागि भगवानसँग प्रार्थना गर्दछन् र भगवानले पनि प्रार्थना स्वीकार गरी कहिल्यै नथाकेर उदार मनले दिइरहन्छन् ।
भगवानको पूजा जो गर्छन, सर्वत्र तिनको आदर गरिन्छ । हे मानव तिमी ती सर्व सदगुण सम्पतिको नित्य गुणगान गर ।
सत्संगतले आफ्नो यस्तो चमत्कार गर्दछ कि मनुष्यको आत्मा स्वयमेव शुद्ध हुन थाल्दछ ।
यो जीवन फूलैफूलको शय्या होइन, बरु रणभूमि हो, जहाँ हामी क्षण क्षणमा दुर्भावना, दुष्प्रवृत्ति र कंकटहरूसँग साहसपूर्वक भिड्नु छ ।
ती सर्वाधिपति शाश्वत गान अथवा दीव्य शब्दको अवतार हुन् । उनै वेद हुन र उनै शास्त्र हुन । उनी दिव्यत्वले परिपूर्ण छन् ।
काम, वासना र जिजीविषा नै दुखका उदगम हुन । यिनले सर्वत्र सुखको कामना गर्दछन्, तथा निरन्तर पुनर्जन्मको कारण बन्दछन । इन्द्रियाशक्ति, इच्छा, स्वार्थ परायणता यी सबै तत्व दुखका उदगम हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!