शेयर बजार भनेको के हो ?

ByBibas Kulung

१ आश्विन २०७८, शुक्रबार १२:३२ १ आश्विन २०७८, शुक्रबार १२:३२ १ आश्विन २०७८, शुक्रबार १२:३२

सेयर भनेकाे के हाे ?
कुनै पनि ठूलो कम्पनी सञ्चालन गर्नको लागि सानो पूँजीले पुग्दैन । दुई चार जनाको पैसाले मात्रै पनि नपुग्न सक्छ । वा चलिरहेको कम्पनीलाई क्षमताबृद्धि (अपग्रेड) गर्नुपर्‍यो, कुनै नयाँ योजना ल्याउनुपर्‍यो त्यसको लागि पैसा पर्याप्त नहुन पनि सक्छ । उदाहरणको लागि तपाई हामी मिलेर एउटा ठूलो ग्यास स्टेशन खरिद गर्न वा निर्माण गर्न खोजेको आफूसँग भएको पैसाले छेउ पनि भेटेन साथीभाई छर–छिमेकीबाट पैसा उठाउनुपर्यो भने त्यसको एउटा मापदण्ड बनाइन्छ । र, स्टोरको पूँजी र स्वामित्व पनि बाँडफाँड गरिन्छ ।

यसरी कम्पनीमा पैसा र स्वामित्वलाई धेरै इकाइमा विभाजन गरि लगानीकर्ताबाट पैसा उठाउने व्यवस्थित र आधिकारीक प्रक्रिया नै स्टक (सेयर) हो । कम्पनीको पूँजीको विभाजित इकाइको बनाईने दस्तावेज नै सेयर प्रमाण हो । कम्पनी सुरु गर्नेहरू र सञ्चालन भइसकेपछि सर्वसाधरणहरूसँग पैसा उठाइने सेयरको प्रकार फरक फरक हुनसक्छ । सेयरलाई नेपालीमा धितोपत्र पनि भनिन्छ । त्यसैले तपाईले सेयर लिनु भनेको त्यो कम्पनीको स्वामित्व लिनु हो । सानो वा ठूलो हिस्सा अनुसार कम्पनीको स्वामित्व धारण गर्नु नै सेयर खरिद गर्नु हो ।

सेयर बजार भनेको के हो ?
माथि दस्तावेजको बारेमा कुराकानी गरियो । यस्तो दस्तावेजको किनबेच हुन्छ । यो किनबेच हुने बजारलाई चाँही सेयर बजार भनिन्छ ।तपाईसँग भएको कम्पनीको दस्तावेज तपाईलाई बिक्री गर्न मन लाग्यो अझ अर्को अर्थमा तपाईलाई पैसाको आवश्यक पर्यो, कम्पनी मन परेन वा कम्पनीले धेरै नाफा गरेर निकै ठूलो मुल्यवान कम्पनी बन्यो र सेयरको माग ह्वात्तै बढेर भाउ निकै उच्च भयो नाफा खान मन लाग्यो वा अरु केही कारणले तपाईले आफूसँग भएको हिस्सा अरुलाई दिन मन लाग्यो भने यस्तो दस्तावेजको खरिद विक्री हुने बजार नै सेयर बजार हो ।

संस्थापक सेयर वा अग्राधिकार सेयर 
कुनै पनि कम्पनी दर्ता गर्दा कम्पनी दर्ता गर्नेहरूले कम्पनी रजिष्टार्डको कार्यालयमा कम्पनीको पूँजीको संरचना र कम्पनीको अधिकृत पूँजीको स्वीकृति लिनुपर्ने हुन्छ । अधिकृत पूँजी भनेको जम्मा कम्पनीको स्वीकृत बजेट हो । जस्तो कि १ अर्ब पूँजीको एउटा बैंक वा जलबिद्युत आयोजना सञ्चालन गर्ने कम्पनी भनियो भने त्यो अधिकृत पूँजी हो । तर त्यो १ अर्बमध्ये कम्पनीको सुरुवात गर्नेहरूले ३० करोड हाल्ने, ३० करोड बैंकबाट ऋण खोज्ने र ४० करोड सर्बसाधारण जनताबाट उठाउने भनेर स्वीकृति गराईयो भने त्यो रकम उठाउने अनुपात पूँजीको संरचना हो । यसरी पूँजीको संरचना स्वीकृति गरेपछि सबैभन्दा पहिला कम्पनीको सुरुवात गर्नेहरूले आफुले कबुल गरेको रकम बराबरको सेयर हाल्छ त्यसलाई संस्थापक सेयर वा अग्राधिकार सेयर भनिन्छ । कुनै कारणले कम्पनी चल्न सकेन र बिगठन गर्नु परे ऋण रकमपछि यो सेयरको भुक्तानी पहिला फिर्ता हुन्छ यसमा निश्चित स्थिर बोनस हुन्छ । संचालक समितिमा यो सेयरधनीको बहुमत रहनेगरी सञ्चालक समिति गठन हुन्छ । 

सर्वसाधारणले ‘आईपीओ’ भन्नाले के बुझ्ने?
आईपीओ भनेको सेयरको  प्रारम्भिक सार्वजनिक निष्काशन हो । कूल चुक्ता पूँजीको कम्तीमा १० प्रतिशत सर्वसाधारणमा जानुपर्छ भन्ने छ। मानौँ १ अर्ब पुँजी भएको कम्पनी छ र उसले हामी यति प्रतिशत सर्वसाधारणलाई दिन्छौँ भन्यो भने त्यसका लागि उसले आईपीओ आह्वान गर्छ। आईपीओमार्फत आह्वान गरिने एउटा सेयरका लागि जनताले एक सय रुपैयाँ तिर्नुपर्छ। मानौँ त्यो कम्पनीले ३० प्रतिशत सर्वसाधारणलाई दिने भन्यो भने ३० करोड बराबरको ३० लाख कित्ता सेयर जारी गर्छ। त्यसका लागि नियामक निकायले अनुमति दिनुपर्छ। सर्वसाधारणले आईपीओ‌ जारी भएपछि आवेदन दिन्छन्। यही आईपीओमार्फत प्राप्त हुने सेयरलाई प्राथमिक शेयर भनिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: कपी गर्न अनुमति लिनुहोला !!