यी हुन् दाम्पत्य सुखको कडी

ByBibas chetan

५ श्रावण २०७५, शनिबार २०:५७ ५ श्रावण २०७५, शनिबार २०:५७ ५ श्रावण २०७५, शनिबार २०:५७

पति-पत्नी भनेको समग्रमा एउटा परिवार हो । उनीहरुको सम्बन्धले पुरा परिवारमा खास प्रभाव पार्छ । पति र पत्नीबीच जब तालमेल हुन्छ, समझदारी हुन्छ, प्रेमिल सम्बन्ध हुन्छ, सार्थक सक्रियता हुन्छ, तब परिवार सुखी र खुसी हुन्छ । परिवार-सुखका लागि धन दौलत, पैसा नै चाहिन्छ भन्ने होइन । केवल आत्मिय सम्बन्ध र समझदार मन भए काफी हुन्छ ।

दाम्पत्य जीवनमा सन्तुलन
विवाहले मानिसको जीवनमा धेरै चुनौतीहरु लिएर आँउछ । सँधै खुसी मात्रै होइन कहिले काँही दुःख पनि जिन्दगीको हिस्सा हुन्छ ।यस्तोमा वैवाहिक बन्धन त्यतिबेलामात्रै सहज सुमधुर हुन्छ जतिखेर एकले अर्काको आवश्यकतालाई बुझेर एकअर्कालाई साथ दिन्छन् ।यस्तोमा तपाईले त्यसको सन्तुलन मिलाउन धेरै जरुरी छ । त्यसैले भनिन्छ पति पत्नी भनेको एकै रथको दुई पाङ्ग्रा हुन वा एकै सिक्काको दुई पाटा हुन् । जुनसुकै मोड र जुनसुकै समयमा एकलाई अर्कोको साथ र सहयोग आवश्यक पर्छ ।

एकले अर्कालाई बोझको रुपमा व्यवहार नगरौं
यस्तोमा तपाईले ध्यान दिनुपर्ने कुरा के हो भने तपाईले आफ्नो पति वा पत्नीलाई झन्झट र बोझको रुपमा लिनुहुँदैन । त्यसको सट्टा आफ्नो कर्तव्य सम्भिmएर समझदारीपूर्वक काम गर्नुहोस् । कुनै कारणले पतिको जागिर छुट्यो र उनी घरमै बस्न थाले । जागिर गएको झोँकमा उनी झनक्क रिसाउन थाले र पत्नीलाई यो व्यवहार मनपरेन । उनले पतिको समस्या बुझिनन् आफ्नो माइती गएर बस्न थालिन् । यसरी सुखसँग चलेको दाम्पत्य जीवनमा दरार उत्पन्न भयो ।खासमा पत्नीले यस्तो कठिन क्षणमा आफ्नो पतिलाई साथ दिन जरुरी थियो । उनलाई थोरै संयमको आवश्यकता थियो । उनले समय कहिल्यैपनि एकैजस्तो हुँदैन भन्ने बुझ्न जरुरी थियो । अहिले गाह्रो भएपनि विस्तारै त्यसबाट छुटकारा मिल्छ भनेर सम्झिन जरुरी थियो । धेरै पतिपत्नी बीचमा यस्तो समस्या देखिन्छ । तर, त्यसलाई समझदारीपूर्वक समाधान गर्नुपर्छ ।

पति पत्नीको मजबुत सम्बन्ध
प्रेम र विश्वासमा पतिपत्नीको सम्बन्ध टिकेको हुन्छ । कुनै पनि घर बनाउँदा त्यसको जग बलियो होस् भनेर धेरै ध्यान दिइन्छ किनभने यदि जग बलियो भएन भने भवन ढल्ने खतरा हुन सक्छ ।ठिक यसैगरि पतिपत्नी बीचको सम्बन्धको घरमा पनि दुई आधार स्तम्भ को रुपमा प्रेम र विश्वास हुनुपर्छ ।यी दुई स्तम्भ कमजोर भएमा सम्बन्ध धेरै समय चल्न सक्दैन । जुन दम्पतीको बीचमा यी दुई कुरा मजबुत हुन्छ उनीहरुको दाम्पत्य जीवन सुखमय हुन्छ ।

बिरामी परेमा
जब तपाईलाई आफ्नो जीवनसाथी कुनै रोगले ग्रस्त छ भन्ने थाहा भएमा तपाईले प्रेम र संयमले काम लिनुपर्छ । यदि पति कुनै रोगले ग्रस्त छ भने पत्नीले यो समय पतिलाई सबैभन्दा धेरै उनको सहयोगको आवश्यकता छ भन्ने बुझ्नपर्छ ।धेरैजसो पुरुषहरु कामको सिलसिलामा बाहिर गइराख्छन् त्यसैले यदि उनीहरुलाई घरमै बस्न पर्यो भने उनीहरुलाई समय बिताउन धेरै गाह्रो हुन्छ यो कुरा पत्नीले ख्याल गर्नुपर्छ ।
साथै बिरामी भएको कारण उनीहरुलाई चिडचिडाहट हुन्छ र ससाना कुरामा पनि रिसाउने गर्छन् । यस्तोमा पत्नीहरुको धेरै महत्वपूर्ण योगदान हुन्छ । पत्नीहरुले प्रेम र धैर्यपूर्वक उनीहरुलाई सम्झाएर उनीहरुको ख्याल राखेमा दुवैलाई सजिलो हुन्छ ।हामीले हाम्रो वरिपरि यस्ता धेरै जोडी देख्न सक्छौं जसले आफ्नो जिन्दगीको मुस्किल समयमा एक अर्काको साथ दिएका हुन्छन् । यहाँसम्म कि उनीहरुले खुसीखुसी जिएर गम्भिर बिरामीलाई पनि जितेका हुन्छन्

एकअर्का बीचमा तालमेल जरुरी छ
हामीले धेरै देख्छौं यदि पतिको नाइट सिफ्टमा काम छ भने उनी पुरै रात अफिसमा रहन्छन् र दिनभर घरमा आराम गर्छन् । यस्तोमा जागिर खानै पर्ने भए पनि पत्नीहरुले आफ्नो जीवनसाथीसँग रहन घरमै बस्छन् ।किनभने उनीहरुलाई पैसा र करियर भन्दा पनि आफ्नो पतिको माया धेरै ठूलो लाग्छ । यस्तोमा पत्नीले पतिको नुहाउने, खाने र सुत्ने आदिको ध्यान राख्दै आफ्नो कार्यहरुको एक रुटिन बनाएर एक अर्का बीचमा तालमेल मिलाउँछन् ।

यदि पतिको जागिर गएमा
अफिसमा कुनै समस्या भएर वा कुनै कारणवस पतिको राम्रो जागिर छुटेमा भने नयाँ जागिर नपाउँदासम्म पतिहरुलाई आफ्नो पत्नीको सबैभन्दा धेरै आवश्यकता हुन्छ । यस्तोमा पत्नीले नै पतिलाई धेरै साथ दिएर सम्बन्धलाई अझै मजबुत बनाउनुपर्छ ।
हाम्रो समाजमा यस्तो धेरै देख्न सकिन्छ जब पतिले कमाएर ल्याउँछन् त्यतिखेर पत्नीलाई आफ्नो पति राम्रो लाग्छ तर जब त्यहि पति घरमा बस्छन् त्यो उनीहरुले त्यो मन पराउँदैनन ।
जागिर छुटेर पति मानसिक रुपले टुटेका हुन्छन् यस्तोमा एक समझदार पत्नीले उनको ख्याल गर्दै मनोबल बढाउने काम गर्नुपर्छ । उनले घरमै रहेर आवश्यकतालाई पुरा गरेमा पतिलाई तनावको महसुस धेरै कम हुन्छ ।
असल पत्नीले यस्तो बेलामा पतिले एक्लो महसुस नगरुन भनेर उनीसँगै समय बिताउनुपर्छ । साथै नयाँ जागिर खोज्नको लागि पत्नीले उनको पुरै साथ दिनुपर्छ । आफ्नो पतिको खानपान र रहनसहनको पुरै ख्याल राखेमा दाम्पत्य जीवन खुसीयालीपूर्ण रहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!