पुरस्कार थाप्न गएकी धाविका निरकला कुलुङ दुर्घटनामा परी अस्पतालको सैयाँमा

ByBibas chetan

४ भाद्र २०७५, सोमबार २०:४४ ४ भाद्र २०७५, सोमबार २०:४४ ४ भाद्र २०७५, सोमबार २०:४४

काठमाडौं, ४ भदौं । टान लाङटाङ म्याराथन २०१८ का विजेता निरकला कुलुङ दुर्घटनामा परी गम्भिर घाइते भएकी छिन् । गत जेठमा सम्पन्न टान लाङटाङ म्याराथनकै पुरस्कार लिन गाउँबाट आएर टानको कार्यालय जाँदैगर्दा धाविका निरकला कुलुङ दुर्घटनामा परी गम्भिर घाइते भएकी हुन् । दोस्रो टान लाङटाङ म्याराथनमा दोस्रो स्थान हासिल गर्न सफल पूर्णिमाया राईसँगै टानको कार्यालयतर्फ हिड्दैगर्दा पछाडिबाट पानी ट्यांकरले उनीहरुलाई हानेको थियो । साथी पूर्णिमायालाई हातमा मात्रै चोट लागेपनि निरकलाको भने दुईटै हातमा गम्भिर चोट लागेको छ र चार वटा दाँत झरेको छ । त्यत्तिमात्रै होइन उनको अनुहारमा पनि गहिरो चोट लागेको छ । अहिले उनको टिचिङ अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ । भित्री असर पर्यो परेन भन्ने कुरा भने डाक्टरले चेकजाँच गरिरहेको छ । उनले अरुसँग सामान्य बोलचाल गर्न सकेपनि उठ्बस,हिडडुल गर्न सक्दैनन् ।  दर्जनौं राष्ट्रिय स्तरकै प्रतियोगिताको उपाधि हात पारिसकेकी निरकला कुलुङ दुर्घटनामा परेको एक हप्ता वितिसक्दा पनि सम्बन्धित निकाय, खेलकुदसँग सम्बन्धित संघसंस्थालाई थाहै छैन ।

उक्त म्याराथन प्रतियोगितामा राईले ४ घण्टा ५७ मिनेट १३ सेकेण्डमा ४२ किलोमिटर दूरी पार गरी प्रथम स्थान हासिल गरी १ लाख ५ हजार रुपैयाँ पुरस्कार जितेकी थिइन् । उक्त रकम आयोजक संस्था टानले त्यत्तिखेरै नदिएर भरखरैमात्र लिन बोलाएपछि उनी गाउँबाट काठमाडौं आएकी हुन् ।

@shikharpost.com

दौडबाट जितेको पैसाले विहिनीहरु पढाउदै निरकला कुलुङ

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!