विद्यालको प्रत्येक कक्षाकोठामा सिसि क्यामेरा

ByBibas chetan

२७ भाद्र २०७५, बुधबार १०:१६ २७ भाद्र २०७५, बुधबार १०:१६ २७ भाद्र २०७५, बुधबार १०:१६

सोलुखुम्बु, भदौ २७ गते । सोलुखुम्बुको महाकुलुङ ३ मा अवस्थित छेस्काम माध्यमिक विद्यालयले विद्यालयमा सिसि क्यमेरा जडान गरेको छ । यस अघि नै विद्यालयको परिसर र कम्प्युटर कक्षामा जडान गरिसकेको विद्यालयले सबै कक्षामा जडान गरेको हो । विद्यालयमा शिक्षक र विद्यार्थीको कक्षागत क्रियाकलापमा सुधार ल्याउन तथा व्यवस्थित बनाउन जडान गरिएको विद्यालयका प्रधानाध्यपक गुरु प्रसाद राईले बताउनु भयो ।
प्रत्येक कक्षमा जडान गरिएको क्यामेराको प्रयोगबाट सबै कक्षाकोठाको अनुगमन प्रधानाध्यपकले गरिने भएकोले विद्यालयको शैक्षिक सुधार राम्रो हुने विद्यालयले अपेक्षा लिएको छ । छेस्काम माध्यमिक विद्यालयलाई जिल्लाको नमुना विद्यालयको रुपमा स्थापित गर्नको लागि विभिन्न शैक्षिक सामाग्री व्यवस्थापन, पुस्तकालय व्यस्थापन, कम्प्युटर कक्षा सञ्चालन लगायतको कामसँगै सिसि क्यमेरा जडान गरिएको विद्यालयका प्रधानाध्यपक गुरु प्रसाद राईले बताउनु भयो ।
विद्यालयमा सिसि क्यमेरा जडान भएसँगै विद्यालयो प्रशासनिक, व्यवस्थापकिय र शैक्षिक सुधारहुने विद्यलायको आशा छ । विद्यार्थीहरुको अनुशासन, शिक्षकहरुको नियमित र व्यवस्थित कक्षाशिक्षणको लागि पनि सिसि क्यमेरा महत्वपूर्ण रहने विद्यालयले जनाएको छ । यस अघि नै विद्यालयले ईलेक्ट्रिक हाजिरी जडान गरिसकेको विद्यालयका शिक्षक अभिाभावक सँघका अध्यक्ष शक्ति कुलुङले बताउनु भयो । विद्यालयका अनुसार रिड नेपालको सहयोगमा ईलेक्ट्रिक हाजिरी सुरु भएको छ भने एभरेष्ट लिङ्कको सहयोगमा कम्प्युरट कक्षामा सिसि क्यामेरा जडान गरिसकेको विद्यलयले आफ्नैचार लाख लागतमा प्रत्येक कक्षाम सिसि क्यामेरा जडान गरेको विद्यालयले जनाएको छ।
उक्त विद्यालयमा विद्यालय समयमा फेसबुक पनि बन्द रहेको छ । विद्यालयले ईन्टरनेट जडान गरेको भएपनि सबै कार्यालय समयमा फेसबुक नचल्ने प्रविधि अपनाईएको विदालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!