सरकारबारे नकारात्मक टिप्पणी गरेमा शिक्षक र कर्मचारीलार्इ कारबाही

ByBibas chetan

१८ कार्तिक २०७५, आईतवार ०७:४५ १८ कार्तिक २०७५, आईतवार ०७:४५ १८ कार्तिक २०७५, आईतवार ०७:४५

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मातहतका कर्मचारी तथा शिक्षकहरुलाई सरकारको नकारात्मक टिप्पणी गर्न निषेध गरेको छ। सामाजिक सञ्जाल तथा प्रयोगसम्बन्धी मार्गनिर्देशन, २०७५ जारी गरी सरकारका नीति, राजनीतिक दलका नेता, विशिष्ट व्यक्तिहरुको नकारात्मक टिप्पणी गर्न रोक लगाएको हो।

मार्गनिर्देशनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत कारर्यरत कर्मचारीहरु, विद्यालय तथा विश्वविद्यालयका शिक्षकहरुले समाजिक सञ्जालमा व्यक्तिगत खाता खोल्दा प्रोफाइ आफ्नो वास्तविक फोटो राख्नुपर्ने र प्रोफाइल विवरण ठीक तथा साँचो राख्नुपर्ने उल्लेख गरेको नयाँ पत्रिकामा समाचार छ।

कात्तिक १३ मा मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत सो मार्गनिर्देशनले सरकारका कार्यक्रम, नीतिलाई सकारात्मक टिप्पणी गर्न रोक लगाएको छैन। तर, नकारात्मक टिप्पणी लाइक, र सेयर गर्नसमेत रोक लगाएको छ। मार्गनिर्देशनमा भएको व्यवस्थाविपरीत काम गरे साइबर लअन्तर्गत कारबाही हुन सक्ने उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: कपी गर्न अनुमति लिनुहोला !!