सोलुखुम्बुमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, सात जना घाईते

ByBibas chetan

२१ कार्तिक २०७५, बुधबार ०४:३२ २१ कार्तिक २०७५, बुधबार ०४:३२ २१ कार्तिक २०७५, बुधबार ०४:३२

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ३ पञ्चनमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा अन्य सात जना घाईते भएका छन् । वडा अध्यक्ष भुपालध्वज राईका अनुसार मृत्यु हुनेमा स्थानीय रामकाजी राईकी अन्दाजी १९ बर्षकी छोरी सरिना रहेकी छिन् । सरिनाको घटनास्थलमा नै मृत्यु भएको हो । सोलु हाइड्रो पावर ८६ मेगावाटले प्रयोग गर्ने बा ९ च ९६४७ नम्बरको बोलेरो दुर्घटना भएको वडा अध्यक्ष राईले जानकारी दिए ।

मंगलबार साझ करिब साढे ६ बजे पञ्चनको पोल्मे भन्ने स्थानमा उक्त बोलेरो खसेको जानकारी प्राप्त भएको सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी टुक्ती शेर्पाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!