के यो हो सुपर यौ*न सु:ख ?

ByBibas chetan

३ मंसिर २०७५, सोमबार १५:०४ ३ मंसिर २०७५, सोमबार १५:०४ ३ मंसिर २०७५, सोमबार १५:०४

एक अनुसन्धानअनुसार यौ*नको बढी भन्दा बढी आनन्द लिनका लागि केही सामान्य कुरामा ध्यान दिन आवश्यक छ । ‘क्यानेडियन जर्नल अफ ह्युमेन से*क्सुवालिटी’मा प्रकाशित अनुसन्धानअनुसार ग्रेट सेक्स’ का लागि यौ*नपार्टनरसँग मानसिक रुपमा तालमेलको जरुरी छ । दुवैबीच संवादको समेत एकरुपता आवश्यक पर्छ । एक आपसमा आ–आफ्नो उपस्थिति दर्ज गराउनु सुपर से*क्सका अर्को सूत्र हो । अनुसन्धानमा भनिएको छ, ‘सँगै हुँदा हरेक क्षण पूर्ण रूपमा रमाइलो तरिकाले जिउने प्रयास गर्नुपर्छ ।’ दुबैले आफ्नो ऊर्जाको भरमग्दुर उपयोग गर्दै सम्बन्धको न्यानोपनलाई कायम राख्नु आवश्यक हुन्छ । अन्तरंगता अर्को मुख्य सूत्र हो ।

अन्तरंगता यौ*न सम्बन्धका लागि उत्प्रेरक हुन्छ, जसले उत्तेजनामा तीब्र वृद्धि गर्छ । यसले आपसमा आदर र सम्मानको भाव समेत जाग्रित हुन्छ । सँगै एक–अर्काप्रति वास्तविक र स्वाभाविक यौ*न चाहना उत्पन्न हुन्छ । अनुसन्धानअनुसार यौ*न क्रियाका लागि एक–अर्कालाई शारीरिक रूपमा अनुभव गर्नु नै महत्वपूर्ण हुँदैन ।

यद्यपि यौ*न क्रियाक्लपामा जुट्नुअघि अतिरिक्त संवाद र एक–अर्काप्रति सहानुभूति राख्दा अझ राम्रो हुन्छ । संवाद बोली वा सांकेतिक रुपमा हुन सक्छ । सम्बन्धको सुमधुरता आवश्यक हुनुको साथै एक–अर्काप्रतिको समर्पण अझ महत्वपूर्ण कुरा हो । यदि जोडीहरू मानसिक र शारीरिक रूपमा यसका लागि तयार हुन्छन् भने उनीहरू राम्रो यौ*नको अनुभव गर्छन् ।

जोडीहरूले यो कोसिस गर्नुपर्छ कि आफ्नो साथीलाई परमानन्दको सुख दिने होइन, दुइटैले कसरी आनन्द लिने । अनुसन्धानले ‘स्वस्थ यौ*न’ एक प्रकारको ‘एडवेन्चर’ बताएको छ, जसलाई विवाहित दम्पती, प्रेमजोडीले अनुभव गर्न सक्छन् । बुझ्नैपर्ने कुरा के हो भने यौ*नका लागि तयार हुनु युद्ध लड्नु होइन, यो समर्पण हो । दुवैलाई एकअर्कालाईै पूर्ण रुपमा सुम्पिनुपर्छ, जसले गर्दा अनुकुल तरिका र आसल अपनाएर साथीले दोहोरो यौ*न सन्तुष्टि सिर्जना गर्न सकोस् । बिहे भएका ६० वर्षमुनिका जोडीहरूलाई अनुसन्धानमा सहभागी थिए ।
अनुसन्धानमा भाग लिएका जोडीलाई भावनात्मक रूपले मुक्त गरिएको थियो । अनुसन्धानको समय यो देखियो कि जसले निःस्वार्थ रूपले अनुसन्धानमा भाग लिए उनीहरूमध्ये यौ*नको समय कुनै पनि सम्बन्ध तोड्नेजस्तो स्थिति उत्पन्न भएन । उनीहरूले अति आनन्ददायक यौ*नको अनुभव गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!