चिसोलओठ फुटेर हैरान हुनुहुन्छ भने यसो गर्नुस्

ByBibas chetan

५ मंसिर २०७५, बुधबार १२:३५ ५ मंसिर २०७५, बुधबार १२:३५ ५ मंसिर २०७५, बुधबार १२:३५

जाडो मौसम सुरु भइसकेको छ । जाडो मौसम सुरु हुनासाथ अनेक समस्याहरु प्नि सुरु हुन थाल्छ । जस्तै छाला सुक्खा हुनु, ओठ सुक्नु आदि । ‘ओठ’ भन्ने वित्तिकै सौन्दर्यतालाई झल्काउँछ । त्यसैले मानिसहरु आफ्ना ओठमाथि विशेष ध्यान पुर्याउने गर्छन् । तर पनि मानिसहरु ओठ सुक्ने समस्याले हैरान हुन्छन् ।

प्रायः गर्मी तथा जाडोयाममा मानिसहरुमा ओठ सुक्ने समस्या देखापर्दछ । कतिपयको त ओठ सुकेर रगत पनि बग्ने गर्छ । त्यति मात्र होइन, ओठको समस्याले मुखै छोपेर हिड्ने बाध्यता सिर्जना हुन्छ । जसले मानिसहरु निकै आजित भएका हुन्छन् । ओठ सुक्ने समस्या विभिन्न कारणहरुले हुनसक्छ । तर यसबाट बच्न निम्न प्रकारका उपायहरु अपनाउन सकिन्छ :–

► शरीरमा पानीको कमिले ओठ सुक्ने गर्दछ । त्यसैले शरीरमा पानीको कमी हुन दिनु हुँदैन । शरीरमा पानी सुक्ने समस्याले डिहाइडे«सन पनि निम्तिन्छ । जसकारण ओठ सुक्ने गर्दछ । टुथपेस्टका कारण पनि ओठ सुक्ने समस्या हुनसक्छ ।

► शारीरिक अस्वस्थताका कारण पनि ओठ सुक्ने समस्या हुन्छ । त्यसैले यसबाट सचेत हुन जरुरी छ । भिटामीन ‘ए’ र ‘बी’ को कमिले पनि ओठ सुक्ने हुनाले खानामा विशेष ध्यान पुर्यानु पर्दछ ।

► ओठ सुक्ने अर्को कारण भनेको ‘अल्ट्राभ्वाईलेट’ पनि हो । धेरै बेरसम्म अल्ट्रभ्वाईलेट किरणमा बस्दा ओठ सुक्ने समस्या हुनसक्छ । यसबाट बच्न लिपबाम लगाउनुपर्दछ ।

► मुखबाट स्वास लिने बानीले पनि ओठ सुक्खा बनाउँछ । ओठ फुट्ने समस्या पनि आउने हुनाले नाकबाट स्वास लिनुलाई राम्रो मानिन्छ ।

► ओठ सुकेपछि प्राय मानिसहरुले जिब्रोको सहायताले ओठलाई चिसो बनाउने गर्दछ । कतिपयले त दाँतले टोक्ने पनि गर्छ जसले गर्दा रगतै निस्किन्छ । त्यसैले ओठ संवेदनशिल अँग भएकाले विशेष ध्यान दिनुपर्छ । –एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!