जाडो मौसममा हृदयाघातको जोखिम बढी

ByBibas chetan

६ मंसिर २०७५, बिहीबार १५:२८ ६ मंसिर २०७५, बिहीबार १५:२८ ६ मंसिर २०७५, बिहीबार १५:२८

काठमाडौं । जाडो मौसममा रगतमा कोलेस्टेरोललगायतका रिस्क फ्याक्टरको मात्रा बढ्ने कुरा प्रमाणित नै भएको छ । त्यसैले जाडो मौसम हृदयाघातको जोखिमपूर्ण मौसम मानिन्छ । त्यसैले जाडोमा मोटोपन घटाउने, सुगर नियन्त्रण गर्ने तथा कोलेस्टेरोल नियन्त्रण गर्नुपर्छ । चुरोटमा हुने निकोटिनले नशा खुम्च्याउँने भएकाले हृदयाघातको जोखिममा रहेका मानिसले चुरोट सेवन गर्नु हुँदैंन । यसले सानो आकारको मुटुको नशालाई बढी असर गर्छ । त्यसैले चुरोट सेवन गर्नेलाई जाडोमा हृदयाघात हुने सम्भावना बढी अझ बढी हुन्छ ।

स्वीजरल्याण्डको लाउजन विश्वविद्यालयले गरेको एक अध्ययनअनुसार जुलाई–अगष्टमा भन्दा डिसेम्बर–फेब्रुअरीमा हृदयाघात (हर्टअट्याक)का बिरामी बढी देखिएका छन् । एक लाख मानिसमा जुलाई–अगष्ट र डिसेम्बरदेखि फेब्रुअरीसम्मगरी दुई फरक–फरक मौसममा अध्ययन गरिएको थियो । त्यसक्रममा तिनीहरुको रक्तचाप, ब्लड सुगर, कोलेस्टेरोल र पेटको साइज मापन गरिएको थियो ।

जसमा एकहजार मानिसमा जाडो मौसममा हृदयाघातको जोखिम बढी भएको पाइएको थियो । जाडो मौसममा मुटु रोगीमा हृदयाघात हुनुको अर्को कारण घाम नलाग्ने र भिटामिन डीको कमी हुनु पनि हो । भिटामिन डीले रक्तनलीलाई स्वस्थ राख्न मद्दत गर्छ ।

हृदयाघात अकस्मात हुने भएकाले त्यसका लक्षणका बारेमा चनाखो हुनुपर्छ । छातीको बायातिर दुख्नु, छाती भारी हुने र दुखीराखेमा जोखिममा रहेका मानिस अस्पताल पुग्नुपर्छ । छाती दुख्नेसंगै पसिना आउँने, रिंगटा लागेमा हृदयघात हुनसक्ने सम्भावनाको लक्षण हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!