सोलु अस्पतालको सेवा शुल्क घट्यो

ByBibas chetan

९ पुष २०७५, सोमबार १६:५६ ९ पुष २०७५, सोमबार १६:५६ ९ पुष २०७५, सोमबार १६:५६

सोलुखुम्बु, पुस ९ गते । जिल्ला अस्पताल सोलुखुम्बुले ल्याव परिक्षण शुल्क घटाएको छ । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको वैठकले शुल्क घटाउने निर्णय गरेसँगै शुल्क घटाईएको हो । सोलु अस्पताल फाप्लुका सुचना अधिकारी सानी शेर्पाका अनुसार शुल्क घटेसँगै सेवाग्राहीलाई सहज भएको छ ।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष विर कुमार राईका अनुसार सरकारी सेवा सबैको पहुँचमाु पु¥याउनका लागि शुल्क घटाईएको हो । अस्पतालको ल्यावमा कलेजो ल्याव टेष्टको यस अघि एक हजार ५० रुपैया लाग्दै गरेको शुल्क घटाएर ५ सय रुपैया, मुटुको अवस्था परिक्षण(लिपिड प्रोफाईल) शुल्क एक हजार दुई सयबाट घटाएर ५ सय कायम गरिएको लगायत २१ वटा परिक्षण शुल्क घटाईएको अस्पतालले जनाएको छ ।
रगतको ग्रुप परिक्षणमा १ सय रुपैया, पिसाव परिक्षण २५ रुपैया, एजआईभी परिक्षणमा ५० रुपैयाले घटेको छ । यि सेवा लगायत सबै परिक्षण शुल्क घटाईएको अस्पतालले जनाएको छ । त्यस्तै एक्सरे सेवा ुशल्क पनि परिवर्तन भएको छ । जिल्ला अस्पतालका अनुसार यस अघि दुई सय रुपैयामाका भईरहेको एक्सरे सेवा अहिले ३ सय ५० कायम भएको छ । रगतका विभिन्न परिक्षणमा घटाउदा एक्सरेको शुल्क वढेको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!