शिविरवाट एक हजार बढिलाई स्वास्थ्य सेवा

ByBibas chetan

१३ पुष २०७५, शुक्रबार १६:५४ १३ पुष २०७५, शुक्रबार १६:५४ १३ पुष २०७५, शुक्रबार १६:५४

सोलुखुम्बु, पुस १३ गते । महाकुलुङ गाउँपालिका सोलुखुम्बुको आयोजना तथा नोबेल मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोगमा संचालित शिविरवाट दुई दिने शिविरबाटा एक हजार ९५ जनाले निशुल्क स्वास्थ्य सेवा लिएका छन् । शिविरमा हाडजोर्नी, महिलाको पाठेघर, बच्चाको मानसिक रोग, आँखा, मुटु रोग, नाकसम्बन्धि रोगको उपचार गरिएको स्वास्थ्य शाखा संयोजक हरि प्रसाद आचार्यले जानकारी दिनुभयो ।
शिविरवाट ३ महिलाको पाठेघर शल्यक्रिया गर्नुपर्ने पहिचान गरिएको छ भने आँखामा मोतिविन्दुको समस्या भएका ७ जनाको शल्यक्रिया गरिएको छ । शिविरमा एक बालकको मुटुमा जटिलता देखिएको छ । त्यस्तै, शिविरवाट ५० जनालाई मानसिक समस्या रहेको पहिचान गरिएको स्वास्थ्य शाखाले जनाएको छ । कान र नाकका समस्या भएकाहरु बढि भेटिएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले बताउनुभयो । कान पाक्ने, जाली फुटेको, नाकवाट बारम्बार रगत बग्ने जस्ता समस्या लिएर शिविरमा उपचारका लागि आएको बताउनुभयो । शिविरमा आएका १३४ जनाको ईसिजी, ३१० जनाको भिडियो एक्सरे र ४२१ जनाको रक्त परिक्षण गरिएको दाहालको भनाई छ ।

गत मंसिर १५ देखि ल्याव सेवा शुरु गरेको गाउँपालिकाले सम्पुर्ण परिक्षण निःशुल्क गरेको थियो । शिविरवाट आर्थिक अवस्था कमजोर भएका ग्रामिण भेगका सर्वसाधारणले प्रभावकारी सेवा पाएको प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!