मुख्यमन्त्री राईद्वारा शोक व्यक्त

ByBibas chetan

१५ फाल्गुन २०७५, बुधबार २१:३३ १५ फाल्गुन २०७५, बुधबार २१:३३ १५ फाल्गुन २०७५, बुधबार २१:३३

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जना मृत्युबाट आफू दःखी भएको बताउनुभएको छ ।

मुख्यमन्त्री राईले सन्देशमा अन्त्यन्त जुझारु युवा नेता अधिकारीसहित हेलिकप्टरमा सवार सबै यात्रुको निधनले प्रदेश सरकार मर्माहत भएको र दुर्घटनाबाट राष्ट्रले ठूलो क्षति व्यहोर्नु परेको सन्देशमा उल्लेख गरिएको छ ।

सन्देशमा मुख्यमन्त्री राईले दुर्घटनामा निधन भएका सबैप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नाका साथै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना समेत व्यक्त गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!