राष्ट्रिय टिममा बाेलाउँदा चकित परे कालुम

ByBibas chetan

५ चैत्र २०७५, मंगलवार ०७:२१ ५ चैत्र २०७५, मंगलवार ०७:२१ ५ चैत्र २०७५, मंगलवार ०७:२१

चेल्सीका युवा खेलाडी कालुम हुडसोन ओडोइले आफूलाई राष्ट्रिय टिममा बोलाएको चकित परेको बताएका छन् । १८ वर्षीय कालुमले राष्ट्रिय टिममा बोलाउँदा आफू चकित परेको खुलासा गरेका हुन् ।

चेक गणतन्त्र र मोन्टेनेग्रो विरुद्धको युरोकप छनोट खेलमा इंग्ल्याण्डको राष्ट्रिय टिममा उनलाई पहिलो पटक समावेश गरिएको छ । चेल्सीको विंगर कालुमले यो सिजन क्लवबाट १९ खेल खेल्दा ५ गोल गरेका छन् । कालुम इंग्ल्याण्डको यू–२१ टिममा रहेका थिए ।

तर राष्ट्रिय टिममा परेको खबर आउदा उनले प्रशिक्षकले ठट्टा गरेको जस्तो लागेको उनले बताए । तर त्यो साच्चिकै भएपछि आफू निकै चकित परेको र सपना पूरा भएको धारणा राखे ।

-एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!