आयाक्स डच लिग च्याम्पियन

ByBibas chetan

२ जेष्ठ २०७६, बिहीबार ०७:०३ २ जेष्ठ २०७६, बिहीबार ०७:०३ २ जेष्ठ २०७६, बिहीबार ०७:०३

युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युइएफए च्याम्पियन्स लिगमा अभुतपुर्व प्रदर्शन गर्दै आयाक्स डच लिग च्याम्पियन बनेको छ ।

५ वर्षपछि नेदरल्यान्डको शीर्ष डिभिजनको लिग च्याम्पियन बन्ने क्रममा आयाक्सले बुधबार राति भएको खेलमा डि ग्राफस्क्यापलाई ४–१ ले पराजित गर्दै च्याम्पियन बनेको हो । आयाक्सको जितमा डुसान टाडिकले दुई गोल गरे । लासे स्काने र निकोलस ट्याग्लियाफिकोले समान १ गोल गरे । पराजित टोलीका युसेफले एक गोल फर्काए ।

आयाक्स सन् २०१४ पछि डच लिग च्याम्पियन बनेको हो । आयाक्स समग्रमा ३४औं पटक डच लिग च्याम्पियन बनेको हो । आयाक्सले एकमहिना अघि मात्रै केएनभीबी कपको पनि च्याम्पियन बनेको थियो ।

आयाक्सले ३४ खेलबाट ८६ अंक जोड्दा दोस्रो स्थानमा रहेको पीएसभीले ८३ अंक जोड्यो । पीएसभीले बुधबार राति नै हेराक्लेस अल्मेलोलाई ३–१ ले पराजित गरेको थियो ।

फ्रेन्की डि जङ, म्याथ्थिज डि लेट, हाकिम जियाच, डुसान टाडिक र डोनी भान डिकले सम्भवत् आयाक्सका लागि अन्तिम खेल खेले । डिफेन्डर डि जङलाई स्पेनिस क्लब बार्सिलोनाले ६५ मिलियन पाउन्डमा अनुबन्ध गर्ने प्रयास थालिसकेको छ । अन्य खेलाडीहरुलाई युरोपका ठुला क्लबहरुले अनुबन्ध गर्ने प्रयास गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!