मानिसलाई दैनिक क्याल्सियम कति चाहिन्छ ?

ByBibas chetan

२९ फाल्गुन २०७५, बुधबार ०७:१७ २९ फाल्गुन २०७५, बुधबार ०७:१७ २९ फाल्गुन २०७५, बुधबार ०७:१७

क्याल्सियमको कारण मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् । यदि हामीले शरीरलाई चाहिने आवश्यक क्याल्सियम उपभोग गरिएन भने शरीरले हड्डीबाट क्याल्सियम लिई रक्तसन्चार प्रणालीमा पठाउँछ । यसले हड्डी कमजोर भई ओष्टियोपोरोसिस रोग लाग्ने सम्भावना हुन्छ ।

क्याल्सियमको कमीका कारण लाग्ने रोग

उच्च रक्तचाप
कोलोन क्यान्सर
स्तन क्यान्सर
मेटाबोलिक सिण्ड्रोम
प्रिमेनुष्ट्रल सिण्ड्रोम

कति चाहिन्छ मानिसलाई क्याल्सियम दैनिक ?

वयस्क : १ हजार मिलिग्राम दैनिक
किशोर – ५० वर्षभन्दा बढी उमेरका महिला तथा ७० वर्षभन्दा बढी उमेरका पुरुष – १३ सय मिलिग्राम दैनिक

एकवर्षदेखि माथि र नौ वर्षभन्दा मुनीका बच्चा : ५ सय देखि ८ सय मिलिग्राम दैनिक

क्याल्सियम पाइने मुख्य खाद्यपदार्थ

दूध : क्याल्सियम पाइने मुख्य पदार्थ दूध हो । विशेषगरी गाइको दूधमा बढी क्याल्सियम पाइन्छ । चिल्लोरहित दुधले मानिसलाई आवश्यक पर्ने ३० प्रतिशत क्याल्सियम दुधले पूर्ति गर्छ ।

दहि : दहि दुधभन्दा पनि सजिलै पच्छ । २२५ग्राम दुधमा भन्दा त्यतिनै मात्राको दहीमा बढी क्याल्सियम पाइन्छ । सादा दहीमा प्रोटिन पनि हुन्छ ।

चिज

तरकारी तथा हरिया सागसब्जी
फलफूल तथा बदाम
सामुद्रिक खाद्यपदार्थ
सेरल्स
सोय तथा सोयजन्य उत्पादन

अण्डा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!