सुरुवाती दिनमा बाइक चलाउँदा हामी एकदम सचेतन भएर, ध्यान पुर्याएर बाइक चलाउँछौँ, दायाँ-बायाँ के छ ? , नियमित हिँड्ने बाटोमा कहाँ कता खाल्डोहरू छन् ? यी सबै कुरामा विशेष ध्यान पुर्याइन्छ। तर, अभ्यास गर्दै जादाँ हामी यति सम्म पोख्त हुन्छौँ कि हामीलाई दायाँ-बायाँ, खाल्डा-खुल्डीको पनि होस नगरी ढुक्कसँग बाइक चलाउन थाल्छौँ । बाइक चलाउँदा केही परिश्रम गरेको छु भन्ने अनुभूति पनि हराउदै जान्छ ।
यही परिपक्वतालाई नै बानी भनिन्छ ।
कुनै बानी बसिसकेको छ भने – हाम्रो धेरै मेहनत र समयको बचत हुन्छ । बानी भनेको सधैं गहिरो र बलियो हुन्छन् । निकै शक्तिशाली हुन्छन् ।
हाम्रो दिमागमा बानी बस्छ । तर, कुन बानी राम्रो हो र कुन नराम्रो हो भन्ने कुरा चाहिँ छुट्ट्याउन सक्दैन ।
कुनै पनि बानी बसाल्न वा छुटाउन ३ चरण प्रक्रिया हुन्छ:-
१) झक्झकाउने पोइन्ट (क्यु / ट्रिगर) : कुनै घटनाले केही काम गर्न प्रेरित गर्दछ ।
‘हरेक दिन दिउँसो ३ बजे भोक लाग्छ । त्यसैले खाजा खान गइन्छ ।
२) दिनचर्या (रुटिन) : बारम्बार त्यो ट्रिगर गर्ने वस्तु देखेपछी सो-काम गरिन्छ ।
‘हरेक पटक भोक लागेपछी चकलेट केक खाइन्छ ।’
३) पुरस्कार (रिवार्ड) : केही काम गरेपछी लोभ लाग्दो नतिजा, परिणाम पाइन्छ।
‘चकलेट केक खाए पछि क्षणिक आनन्द आउँछ ।
नराम्रो बानी छुटाउन धेरै गाह्रो हुन्छ । त्यसैले नराम्रो बानी छुटाउने प्रयास गर्ने होइन । बरु त्यो नराम्रो बानीको ठाउँमा राम्रो बानी चाहिँ बसाल्न सक्छौँ । अब के गर्ने त ?
१) घोच्ने पोइन्ट (क्यु / ट्रिगर) : ‘हरेक दिन दिउँसो ३ बजे भोग लाग्छ । त्यसैले खाजा खान गइन्छ।’
२) दिनचर्या (रुटिन) : ‘हरेक पटक भोक लागेपछी चकलेट केक नखाएर रोटी खान सकिन्छ ।’
३) पुरस्कार (रिवार्ड) : ‘रोटीले भोक मेट्नुका साथै दीर्घकालीन स्वास्थ्यलाई फाइदा पुर्याउँछ।’
त्यसैले, नराम्रो बानी हटाउने तिर समय खेर नफालौं । राम्रो बानीहरू विकास गर्ने प्रयासमा जुटौँ ।
-चाल्स दुईगको ‘The Power of Habit’ बाट साभार