नुहाउँदा यस्तो गर्नु गल्ति

ByBibas chetan

९ बैशाख २०७६, सोमबार ०६:५३ ९ बैशाख २०७६, सोमबार ०६:५३ ९ बैशाख २०७६, सोमबार ०६:५३
https://bibaskulung.com.np

नुहाउने पनि आफ्नै विधि छ । नुहाउने तरिका नमिल्दा छाला एवं स्वास्थ्य समस्या आउन सक्छ । त्यसैले नुहाउने कुरामा पनि आधारभूत जानकारी भएको राम्रो हो ।

१ .वालमा टावेल बाँध्ने

प्रायःको नुहाएपछि चिसो कपालमा टावेल बाँध्ने प्रचलन हुन्छ । जुन गलत हो । यस्तो गर्दा कपाललाई हानि पुग्छ । कपाल छिन्ने सम्भावना अत्यधिक हुन्छ । त्यसैले नुहाएपछि हल्का रूपमा पानी पुछ्नुस् र हावामा सुक्न दिनुहोस् ।

२.पैताला सफा नगर्ने

कतिपयले नुहाउने समय पैतालाको सफाइमा भने त्यति ध्यान दिँदैनन् । दैनिक रूपमा पैतालाको सफा नगर्दा फंगल इन्फेक्सन हुने खतरा हुन्छ । त्यस्तै कैयौँ प्रकारका स्किन डिजिजको समस्या पनि हुन सक्छ । त्यसैले नुहाउने वेला स्क्रबर र हातका औँलाका सहायताले राम्रोसँग पैताला तथा औँलाका काप सफा गर्नुपर्छ ।

३.सधैँ स्याम्पु

तपाइ दैनिक नुहाउनुहुन्छ र नुहाउँदा स्याम्पुको प्रयोग गर्नुहुन्छ भने गलत गर्दै हुुनुहुन्छ । दैनिक स्याम्पुको प्रयोगले कपालमा भएको नेचुरल तेललाई हटाउने काम गर्छ । जसका कारण चमक घट्दै जान्छ । त्यसैले, हप्तामा दुईपटक मात्र कपालमा स्याम्पुको प्रयोग गर्दा राम्रो हुन्छ ।

४.सबै कपालमा कन्डिसनर

टाउकाको सबै भागमा कन्डिसनको प्रयोग गर्नुहुँदैन । कपालको पछिल्लो भागमा मात्र कन्डिसनरको प्रयोग गर्नुपर्छ । त्यसैले, नुहाउने समय कन्डिसनरको गलत प्रयोगबाट बच्न जरुरी हुन्छ । गलत तरिकाले कन्डिसनको प्रयोग गर्दा कपाल र टाउकोसम्बन्धी समस्या देखा पर्न सक्छ ।

५.सुकाउन हतार

नुहाइसकेपछि शरीर सुकाउन हतार गर्नुहुँदैन । धेरैले नुहाउनेबित्तिकै टावेलले शरीर रगट्ने र तुरुन्तै सुकाउने प्रयासमा हुन्छन् । यस्तो गर्दा स्किन सुक्खा हुनेलगायतका समस्या भोग्नुपर्ने हुन सक्छ । त्यसैले नुहाएपछि टावेल थपथपाउने र नेचुरल ढंगले सुक्न दिनुपर्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!