चिसो र तातो पानीले नुहाउँदा के फरक ?

ByBibas chetan

९ बैशाख २०७६, सोमबार ०६:५७ ९ बैशाख २०७६, सोमबार ०६:५७ ९ बैशाख २०७६, सोमबार ०६:५७

१. तातो पानीले हात र गोडाका नङमा खराब असर पार्छ । नङ भाँचिने, संक्रमण हुने र नङवरिपरिको छाला फाट्ने समस्या आउँछ ।

२. तातो पानीले छालाको कोषिका क्षतिग्रस्त बनाउँछ । समयअगावै चाउरी पर्न थाल्छ ।

३. तातो पानीका कारण रौं झर्ने र टुक्रिने समस्या आउँछ ।

४. तातो पानीले छालाको चमक गायब बनाइदिन्छ ।

५. तातो पानीले नुहाउँदा छालामा रातोपना, –याशेज र एलर्जीको समस्या हुन्छ । तातो पानीले छालालाई सुक्खा बनाउँछ । त्यसबाट छालाको संक्रमणको खतरा बढ्छ ।

६. यसले कपालमा खराब असर पार्छ । कपालको मोइस्चर कम हुन्छ र कपाल रफ तथा ड्राई हुन्छ ।

७. तातो पानीका कारण छालाको सुक्खापन बढ्छ र चिलाउने समस्या आउँछ ।

८. तातो पानीले नुहाउँदा आँखा सुक्खा हुन्छ । आँखा रातो हुने, चिलाउने र पानीबाट आँसु बग्ने समस्या आउँछ ।

९. तातो पानीले तालुलाई सुक्खा बनाउँछ । यसले चायाँ ल्याउन सक्छ ।

चिसो पानीले नुहाउँदाका फाइदाहरु

१. चिसो पानीले नुहाउँदा शरीरमा आनन्द आउनुका साथै यसले शरीरमा रक्तसञ्चार प्रक्रियालाई प्रभावकारी बनाउँछ ।

२. यसले शरीरमा रोगसंग लड्न सक्ने क्षमत अर्थात् रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि गर्छ ।

३. चिसो पानीले नुहाउँदा शरीरमा आँफै तापको मात्रामा बृद्धि हुन्छ जसले पाचन प्रक्रियालाई मजबुद बनाउँछ ।

४. यदि तपाइँ ब्यस्त भई थकित महसुस गर्नुभएको छ भने चिसो पानीले नुहाउनुस् यसले तपाइँको थकान कम गर्नुका साथै शरीरलाई फूर्तिलो बनाउँछ ।

५. चिसो पानीले नुहाउँदा शरीरमा रहेको यूरिक एसिडलाई चलायमान बनाउनुका साथै बिभिन्न चोटपटक लागेका दाग तथा खतमा बस्ने ब्याक्टेरिया हटाउन मद्दत गर्छ ।

६. चिसो पानीले नुहाउँदा पुरुषको प्रजनन क्षमतामा बृद्धि ल्याउनमा मद्दत गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!