रिस नियन्त्रण गर्ने उपाय

ByBibas chetan

१० बैशाख २०७६, मंगलवार २१:४३ १० बैशाख २०७६, मंगलवार २१:४३ १० बैशाख २०७६, मंगलवार २१:४३

रिस नियन्त्रणका उपायहरू यस्ता छन् ः–

१. सिर्जनात्मक कुरा अपनाउने
रिसलाई सिर्जनात्मक काममा प्रयोग गर्ने । जस्तै पेन्टिङ, गार्डेनमा रहने वा केही गीत, कविता रचना गर्ने । रिस उठ्नुको कारण र रिस उठाउनेको बारेमा कविता लेख्ने ।

२. लामो श्वास फेर्ने
जब रिस उठ्छ छिटो छिटो श्वास बढ्न थाल्छ । रिस उठ्दा बिस्तारै नाकबाट लामो गहिरो श्वास लिने र छोड्ने गर्दा रिस शान्त हुन्छ ।
३. मौन बस्ने
तात्तातो रिसको बेला मान्छेले जथाभावी बोल्न थाल्छ यसले राम्रो होइन आफैलाई हानी पु¥याउँछ । रिस उठिराखेको बेला केही शब्द भन्न लागेपनि मौन बसिदिने । चुपचाप भएको बेलो गलत या सही छुट्याउन समय पाईन्छ । आत्ममुल्याङ्कन गर्न पनि मौन बस्ने ।
४. मनपरेको शब्द मनमा खेलाउने
आफूले मन परेका शब्द वा वाक्य खोजेर त्यसमा एकाग्र हुने कोसिस गर्दा राम्रो हुन्छ ।
५. जिउ तन्काउने
रिस उठेको छ भने घाँटी तथा जिउ तन्काउदा राम्रो हुन्छ । कुनै योगको आसन गर्ने, जसले शरीर र भावनाहरूलाई नियन्त्रण गर्छ। यति गर्नलाई अरु केही सरसमानका जरुरत पर्दैनन् ।
६. गीत सुन्ने
संगीत कसलाई मनपर्देन र ? राम्रो गीत सुनियो भने मुड अन हुन्छ । रिस उठेको बेला आफूलाई मनपर्ने गीत सुन्ने र आफ्नो भावना बहलाउने । मुड फ्रेस बनाउनको लागि आफुलाई कुन गीतले फ्रेस बनाउछ त्यहि गीत सुन्दा रिस छिनभरमै हराउन मद्दत गर्छ।
७. एकदेखि सयसम्म गनेर बस्ने
यदि रिस उठेको छ भने एक देखि सयसम्म गन्ने । रिसले चुर नै भएको छ भने एकदेखि एक हजारसम्म गन्ने । ती गन्ती गन्दा बिस्तारै रिस पनि कम हुदै जान्छ ।
८. हिँड्ने
व्यायामले नसाहरूलाई संयमित पार्नुका साथै रिसलाई पनि कम पर्छ । हिँड्ने, बाइक चलाउने वा केही खेल खेल्ने । त्यसले शरीर र दिमागलाई राम्रो गर्छ ।
९. एक्लै बस्ने
अरुभन्दा अलग बस्ने । यतिबेला सम्म रिस शान्त भएर सामान्य मशसुस गर्न सकिन्छ । दैनिक तालिकाको रुपमा लागू गर्दा राम्रो ।
१०. मज्जाले हाँस्ने
खराब मुड जस्तो नराम्रो त अरु के हुन सक्ला र । आफ्नो रिसलाई शान्त पार्न हसाउने र रमाइलो कुराको खोजी गर्ने । जस्तै बालबच्चासँग खेल्न, कमेडी हेर्ने आदि।
११. गीत सुन्ने
संगीत कसलाई मनपर्देन र ? राम्रो गीत सुनियो भने मुड अन हुन्छ । रिस उठेको बेला आफूलाई मनपर्ने गीत सुन्ने र आफ्नो भावना बहलाउने । मुड फ्रेस बनाउनको लागि आफुलाई कुन गीतले फ्रेस बनाउछ त्यहि गीत सुन्दा रिस छिनभरमै हराउन मद्दत गर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!