घरकी डाक्मटर निला सोताङ

ByBibas chetan

५ जेष्ठ २०७६, आईतवार २०:१३ ५ जेष्ठ २०७६, आईतवार २०:१३ ५ जेष्ठ २०७६, आईतवार २०:१३

मनिला सोताङ सफल गायिका हुन् । उनकाे अर्काे  विशेषता भनेको औषधीपानीको राम्रो ज्ञान हुनु हाे । घरमा कसैलाई पेट दुख्यो, कसैलाई चक्कर लाग्यो, कसैलाई खाना रुचेन, कसैलाई अपच भयो । यी सामान्य अवस्थामा अस्पताल जानुपर्दैन, औषधी खरिद गर्नुपर्दैन, चिकित्सकसँग सोधपुछ गर्नुपर्दैन ।

कुन अवस्थामा कस्तो औषधी सेवन गर्ने ? कसरी गर्ने ? कति मात्रामा गर्ने ? मनिलालाई थाहा छ । उनलाई थाहा मात्र छैन, उनीसँग औषधी पनि हुन्छ । अक्सर उनी आफुसँगै केही औषधी पनि बोकेर हिँड्ने गर्छिन् ।

त्यती मात्र होइन, यस विषयमा परामर्श पनि दिइरहेकी हुन्छिन् । घरेलु औषधी बनाउन जानेकी छिन् । साथसाथै एलोपेथिक औषधी र उपचारबारे पनि सामान्य ज्ञान छ । उदय सोताङले अनलाइनखबरसँग भनेका थिए, ‘सबै किसिमको औषधी नै बोकिरहेको हुन्छ हौ । केहि भयो भने, फ्याट्टै यस्तो औषधी खानुपर्छ भनिहाल्छिन् ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!