मुस्कानले तनाव हटाउछ

ByBibas chetan

५ जेष्ठ २०७६, आईतवार २०:२९ ५ जेष्ठ २०७६, आईतवार २०:२९ ५ जेष्ठ २०७६, आईतवार २०:२९

काठमाडौ — मुस्कानले  तपाईंतर्फ आकषिर्त मात्र गर्दैन यसले तनाव घटाउन समेत सघाउँछ । त्यसैले तनावकाे समयमा आफुलाई हसाउन  विभिन्न हास्ने किसिमका चुट्किला तथा भिडियोहरू हेर्न मनाेविज्ञहरू सुझाव दिन्छन् ।

मुस्कानले तपाईंको मुटुको चालको स्तरलाई कम गरेर तनावबाट मुक्ति पाउन शरीरलाई सघाउँछ । यो अध्ययन कन्सास विश्वविद्यालयका मनोवैज्ञानिक तारा क्राफ्ट र सराह प्रेसमैनले गरेका हुन् । मुस्कानको फाइदाबारे गरिएको अध्ययनमा अनुसन्धानकर्ताहरूले मुस्कानको तरिका र यसले तनावबाट मुक्ति पाउन कुन प्रकारले सघाउने भन्नेबारे जान्न खोजेका थिए ।
अध्ययनमा मिडवेस्टर्न विश्वविद्यालयका १ सय ६९ व्यक्तिलाई सामेल गरिएको थियो । दुई चरणमा भएको यो अध्ययनमा सहभागीहरूलाई तीन समूहमा बाँडियो । हरेक समूहलाई अनुहारमा एउटा विशेष प्रकारको भाव कायम राख्न सिकाइयो ।
परीक्षणको चरणमा अनुसन्धानकर्ताहरूले उनीहरूसँग तनावपूर्ण काम गराएर मुटुको चाल समेत नापे । यो अध्ययनमा के पाइयो भने, मुस्कानले हाम्रो शारीरिक अवस्थालाई समेत प्रभावित गर्न सक्छ ।
जुन व्यक्तिलाई मुस्कानबिनाको भाव राख्न भनिएको थियो उनीहरूको दाँजोमा मुस्कान भएकाहरूको मुटुको चाल सही स्तरमा थियो । चाल धेरै बढेको थिएन ।  अध्ययन अनुसार, तनावको समयमा समेत यदि तपाइर्ं मुस्कानलाई कायम राख्न सक्नुहुन्छ भने शरीरमा त्यो तनावसँग जुध्ने क्षमता बढ्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!