धुलोबाट बच्नुहाेस् ।

ByBibas chetan

६ जेष्ठ २०७६, सोमबार ०९:१९ ६ जेष्ठ २०७६, सोमबार ०९:१९ ६ जेष्ठ २०७६, सोमबार ०९:१९

वायु प्रदूषणका विभिन्न कारणहरुमध्ये धुवाँ र धुलो पनि प्रमुख मानिन्छ । वर्षाको पानीको उचित व्यवस्थापन हुन नसक्दा पानी पर्दा सडक हिलाम्य हुने र नहुँदा धुलो उड्नाले जनजीवन कस्टकर हुने गरेको छ ।

पानी परेपछि उड्ने बालुवा मिश्रित धुलोले स्वास्थ्यमा नकारात्मक असर पर्ने हुँदा सर्तकता अपनाउन चिकित्सकहरुको सुझाव छ ।

काठमाडौं बाह्रै महिना धुवाँ–धुलोको चपेटामा पर्ने भए तापनि पानी परेपछि उड्ने गरेको धुलोले यहाँको वायु थप प्रदूषित हुने गरेको छ ।

काठमाडौंमा वर्षाको पानी ढलसम्म पुर्‍याउने राम्रो व्यवस्था नभएकाले पनि धुलो सडकमै रहन्छ । जसका कारण सडक धुलाम्मे हुने गर्छ ।

हावामा मिसिएका यस्ता धुलोका कणहरु पानी पर्दा पानीसँगै जमिनको सतहमा जम्मा हुन्छ । पानी पर्न रोकिएपछि पुनः हावामा मिसिएर यहाँको वायु प्रदूषण थप बढ्न पुग्छ ।

धुलाम्मे वातावरणका कारण आमसर्वसाधरणलाई हिँडडुल गर्नसमेत गाह्रो हुन्छ । वरिपरि पहाड र खाल्डोमा सहर भएको काठमाडौं उपत्यकाको भू–बनोटले पनि प्रदूषणका कणहरु जमिनको सतहबाट हावासँगै सजिलै प्रवाह हुन सक्दैन र सतहनजिकै रहिरहन्छ । यसले मानव स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउने चिकित्सकहरु बताउँछन् ।

धुलोका कारण छाला, आँखा, श्वास–प्रश्वाससम्बन्धी रोग, फोक्सोको क्यान्सरलगायत विभिन्न रोगहरु लाग्ने सम्भावना हुन्छ ।

यस्ता रोगहरुबाट बच्न सवारी–साधनको चाप भएको स्थानमा सकेसम्म नजाने, घरबाहिर निस्कँदा गुणस्तरीय माक्स र चस्माको प्रयोग गर्ने, घरबाहिर व्यायाम नगर्दा धुलोको असरबाट बच्नसकिने चिकित्सकहरुको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!