श्रीमाति र श्रीमानकाे सम्बन्ध मजवुद बनाउने उत्कृष्ट टिप्स

ByBibas chetan

६ जेष्ठ २०७६, सोमबार २१:४६ ६ जेष्ठ २०७६, सोमबार २१:४६ ६ जेष्ठ २०७६, सोमबार २१:४६

आपसमा समझदारी
श्रीमान–श्रीमतीको सम्बन्धमा एक अर्का प्रति समझदारी र विश्वास हुनु जरुरी हुन्छ । हरेक श्रीमान–श्रीमतीको इच्छा हुन्छ कि श्रीमान या श्रीमतीले उनको पनि भावनाको कदर गरोस् । यस्तो सहारा बनोस् कि जोसँग उसले जीन्दगी विताउने कल्पना गरेको छ उसले हरेक चुनौतीको सामना गर्न सकोस् या जुध्न सकोस् । एकअर्काको साथ कदममा कदम मिलाएर चल्न सकियोस् कि जीन्दगीको सारा बोझको सजिलैसँग उखेलेर फ्याक्न सकियोस् ।

एकअर्काको भावनाको कदर गरौँः
धेरैजसो श्रीमान–श्रीमतीले एक अर्काको भावनाको बुझ्न सकिरहेको छैन् । जसले गर्दा उनीहरुको सम्बन्धमा दूरी बढ्न थाल्छ । एउटै छतको मुनिसँगै बसेर पनि एकअर्काको लागि अन्जान बनेर बसेका हुन्छन् । सदैव एकअर्काको कुरा सुन्ने गरौं । आफ्नो मनको कुरा जे छ त्यो कुरा आफ्नो पार्टनरलाई बताउने गर्नुपर्छ । र उसको पनि सुन्ने गर्नुपर्छ । एक अर्काको मनपर्ने मननपर्ने कुराको ध्यान राख्नुपर्छ ।

एक्लोपनको सहयोगी बनौः
एकअर्काको जीवनको हरेक खालिपन भर्नुपर्छ । तपाईको सच्चा प्रेम र साथ एक अर्काको जीवनको कमी पुरा हुन्छ । यही कुरामा जिन्दगी आनन्द बन्न थाल्छ । जिन्दगीको हरेक मोडमा राम्रो र नराम्रो दिन अवश्य आउँछ ।

यस्तोमा एकअर्काको भरोसाले नै मुस्किल हालतमा हार्न दिँदैन् । एकअर्कासँग दुःख बाड्दा जुन किसिमको आनन्द मिल्छ खुशी साट्दा त्यसको कैयौं गुणा खुशी मिल्छ ।

एकअर्काबाट सिक्न सकिन्छः
यदि तपाईको जीन्दगीमा एक राम्रो जीवनसाथीको रुपमा आँउछ भने तपाईको लागि धेरै फाइदाको कुरा हो । किनभने उ बाट तपाईले धेरै कुरा सिक्न सक्नुहुनेछ । एकअर्कासँग खुलेर रहँदा दुईजनाबीच राम्रो कम्युनिकेसन हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!