भाषण गर्दागर्दै शिक्षककाे मृत्यु

ByBibas chetan

७ जेष्ठ २०७६, मंगलवार ०७:०१ ७ जेष्ठ २०७६, मंगलवार ०७:०१ ७ जेष्ठ २०७६, मंगलवार ०७:०१

पाँचथर : फिदिम नगरपालिका–१४ स्थित महादेव गुप्तेश्वर माविका शिक्षक लालबहादुर फागोको कार्यक्रममा मन्तव्य राख्दै गर्दा मृत्यु भएको छ ।

विद्यालयमा आफ्नो स्वागतका लागि राखिएको कार्यक्रममा मन्तव्य राख्ने क्रममा उनको मृत्यु भएको बताइएको छ ।

विद्यालयका शिक्षक अशोक तिम्सिनाको बिदाइ तथा नवनियुक्त शिक्षक फागोको स्वागतका लागि आयोजित कार्यक्रममा मन्तव्य राख्ने क्रममा उनको मृत्यु भएको हो । मन्तव्य राखिसक्ने बित्तिकै शिक्षक फागो बेहोस भएर ढलेका थिए ।

फिदिम–११ मूलडाँडा स्थायी घर भएका ३५ वर्षीय शिक्षक फागोको बेहोस भएको केहीबेरमै मृत्यु भएको बताइएको छ । शव परीक्षणका लागि सरदरमुकाम लगिएको तमाखेस्थित प्रहरी चौकीले जनाएको छ ।

शिक्षक फागोलाई केही दिनअघि मात्र करारमा नियुक्त गरिएको विद्यालयका प्रधानाध्यापक कमलप्रसाद बाँस्कोटाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!