गर्मी बढेपछि विद्यालय बन्द

ByBibas chetan

१७ जेष्ठ २०७६, शुक्रबार २०:०१ १७ जेष्ठ २०७६, शुक्रबार २०:०१ १७ जेष्ठ २०७६, शुक्रबार २०:०१

कञ्चनपुर : अत्यधिक गर्मी बढेपछि वेदकोट नगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा आजदेखि एक साताका लागि बिदा दिने निर्णय गरेको छ । बढ्दो गर्मीका कारण विद्यार्थीलाई विद्यालय आउन जानमा समस्या हुन थालेपछि नगरपालिकाले बिदा दिने निर्णय गरेको हो ।

‘गर्मीकै कारण विद्यार्थी बिरामी पर्ने र बेहोस हुन थालेको जानकारी आएपछि जेठ १७ गते देखि २४ गतेसम्मका लागि बिदा दिने निर्णय गरेका छौँ’, नगर प्रमुख अशोककुमार चन्दले भने । विद्यालयको वार्षिकरुपमा उपलव्ध हुने बिदाबाट मिलान गर्ने गरी बिदा दिइएको उनले बताए ।

यसैगरी, भीमदत्त नगरपालिकाको शिक्षा समितिको आज बसेको बैठकले समेत यही जेठ १९ देखि २४ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!