बिहानै यसाे गरे जीवन स्वास्थ्य र सुन्दर हुन्छ

ByBibas chetan

२० जेष्ठ २०७६, सोमबार ०५:२५ २० जेष्ठ २०७६, सोमबार ०५:२५ २० जेष्ठ २०७६, सोमबार ०५:२५

बिहान उठ्नेबितिकै आफैँलाई माया गर्ने हो भने, आफ्नै हेरचाह गर्ने हो भने, अलिकति भए पनि समय आफ्नो लागि छुट्याउने हो सधैं खुशी अनि स्वास्थ्य रहन सक्छौं भने धेरै समस्याबाट मुक्त रहनसक्छौँ ।

बिहानै उठेर पानी पिऔँ !
शरीरलाई स्वस्थ र फिट राख्नको लागि पानीको महत्वपूर्ण भूमिका हुन्छ । मानव शरीरमा पानीको मात्रा ५० देखि ६० प्रतिशतसम्म हुन्छ । पानीले शरीरका अङ्गहरुको रक्षा गर्छ । कोशिकाको माध्यमबाट शरीरभरि पोषक तत्व र अक्सिजनको सञ्चार गर्न पानीले सहयोग गर्दछ ।
बिहान उठ्नेबित्तिकै हाम्रो शरीरलाई पानीको अत्यधिक आवश्यकता हुन्छ । बिहान उठ्नेबित्तिकै पानी पिउने बानी गर्नाले हाम्रो शरीरमा भएका अनावश्यक पदार्थहरु निष्कासित गर्न मद्दत पुग्दछ । जसले गर्दा हाम्रो रगत सफा हुन्छ र छाला पनि चम्किलो बन्दै जान्छ । दिनको संकेत बिहानीले गर्छ ।

धूमपान नगर्ने
हुन त धूमपान जुनसुकै समयमा गर्नु स्वास्थ्यको लागि हानिकारक हुन्छ नै । तै पनि बिहान उठ्नेबित्तिकै चुरोट पिउनु धेरै खतराजनक हुने गर्दछ ।

उठ्नासाथ सकारात्मक सोच्ने
दिनको सुरुवात सकारात्मक हुनु आवश्यक छ । बिहान उठेर तनावका कुरा सोच्यौँ भने पूरा दिन तनावग्रस्त बन्न सक्छ । जसले गर्दा आफ्नो कुनै पनि काममा ध्यान जानसक्दैन । बरु आजको दिन कसरी राम्रो बनाउने भनेर सोच्नाले शरीरलाई थप ऊर्जा प्रदान गर्दछ ।

मसलेदार खाना नखाने
बिहानै मसलेदार खाना खानबाट हामी जोगिनुपर्छ । बिहानीको समय जतिसक्दो हल्का र पौष्टिक खाना खाने गर्नुपर्दछ ।

निद्रा पुगेपछि नसुत्ने
निद्रा पुगेपछि पनि अल्छी मानेर सुतिरहने बानी छ भने छोडिदिनुहोस् । समयले पर्खिँदैन । ‘बेड’मा नै बसिरहने बानी गर्नु नराम्रो हो । यस्तो बानीले तपाईंलाई निद्रा पूरा हुँदा पनि ‘फस्ड’ गराउँदैन ।

व्यायामलाई प्राथमिकता
फिट रहनलाई व्यायाम आवश्यक हुन्छ । यसका लागि कुनै जिम नै धाउनु पर्छ भन्ने होइन । घरमै बसेर पनि व्यायाम गर्न सकिन्छ । घरैमा मन पर्ने गीतमा १० मिनेट डान्स गर्दा पनि व्यायाम हुन्छ । नाच्ने गर्नाले शरीरमा लचिलोपन ल्याउन मद्दत गर्दछ । रक्तसञ्चार प्रक्रिया राम्रो हुन्छ र ऊर्जा बढ्छ । अथवा बिहान उठेर स्किपिङ खेल्न पनि सकिन्छ । यसरी स्किपिङ खेल्दा शरीरमा भएको अनावश्यक क्यालोरी घट्न जान्छ र हाड बलियो बनाउन मद्दत पुग्दछ । जोस र स्फूर्ति पनि बढ्न जान्छ ।

बिहानी घुमघाम
हामी फिट रहनको लागि बिहानै यात्रा गर्नाले आवश्यक मात्रामा अक्सिजन मिल्छ । शरीरमा क्षतिग्रस्त कोशिकाको लागि बिहानी घुमघाम उपयुक्त हुन्छ । तपाईं आफ्नै घरमा बसेर योग गरेर धेरै किसिमका रोगलाई हटाई फिट रहन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!