चर्को घामले हुनसक्ने छालाको क्यान्सरबाट कसरी जोगिने ?

ByBibas chetan

२३ जेष्ठ २०७६, बिहीबार १२:०६ २३ जेष्ठ २०७६, बिहीबार १२:०६ २३ जेष्ठ २०७६, बिहीबार १२:०६

गर्मी माैसम सुरु भएकाे छ ।  गर्मीबढेसँगै घाम राप बढ्दै गइरहेका छ । चिकित्सकहरु भन्छन्, ‘मध्यन्हको चर्को घाममा धेरै समय बस्दा छालाको क्यान्सर हुनसक्छ ।’

घामको पराबैंगनी किरणले छालामा असर गर्नसक्छ । गर्मी याममा यसको भय थप हुनेगर्छ । भिटामिन डिको कमीले हड्डी कमजोर हुन्छ । र, भिटामिन डिको राम्रो स्रोत भनेको घामको किरण नै हो । यसले प्रतिरक्षा क्षमता बढाउँछ । रक्त कोसिको गठन गर्छ । जबकी त्यही घामको सोझो प्रभावले छालामा क्यान्सर पनि निम्त्याउन सक्छ ।

बेलायतको अखबार ‘डेली मेल’ले एउटा रिपोर्ट प्रकासित गरेको छ, जसमा सूर्यको सोझो किरणको प्रभाव कति हानिकारक हुन्छ भन्ने तथ्य उल्लेख छ । उक्त खबर अनुसार घामको सोझो प्रभावले छालालाई रुखो र बुढो बनाउँछ । घामको किरणले हाम्रो छालालाई सामान्यभन्दा सात बर्ष बुढो बनाइदिने दावी गरिएको छ । साथै छालामा दाग, धब्बा आउने, चाहुरी पर्ने जस्ता समस्या पनि हुन्छ ।

केवल १५ मिनेटमा सूर्यको पराबैंगनी किरणले छालाको सौन्दर्यलाई नष्ट गर्छ । हुन त जीवनको अस्तित्वको लागि घाम नभई हुँदैन । तर, पराबैंगनी किरण भने स्वास्थ्यका लागि एकदमै हानिकारक छ । यसले छालामा क्यान्सर जस्ता रोग निम्त्याउन सक्छ ।

अब के गर्ने त ?

भिटामिन डि प्राप्त गर्नका लागि घाममा बस्नुपर्छ । तर, मध्यन्हको चर्को घाममा होइन, बिहान वा साँझको कलिलो घाममा बस्नुपर्छ ।

मध्यन्ह हिँडडुल गर्दा छाता ओड्नुपर्छ । छाताले घामको सोझो किरणको असर केहि हदसम्म रोक्छ । त्यस्तै ह्याट वा क्यापले पनि सामान्य रुपमा घामको किरणको प्रभावलाई रोक्छ ।

अहिले घामको सोझो असरबाट बच्नका लागि सन प्रोटेक्सन क्रिम पनि उपलब्ध छ । यस्ता क्रिमले केहि हदसम्म छालाको सौन्दर्य जोगाउन सहयोग गर्छ ।

गर्मीको समयमा यताउता हिँडडुल गर्दा पुरा शरीर ढाक्ने कपडा लगाउनुपर्छ । साथै ह्याट वा क्याप लगाउनु राम्रो हुन्छ । सन ग्लास पनि निकै उपयोगी हुन्छ । यसले स्टाइलिस देखाउनका साथै आँखा तथा आसपासका छालालाई पनि बचाउँछ ।

घामको सोझो असरबाट बच्नका लागि हामी सन प्रोटेक्सन क्रिम प्रयोग गर्छौ । बजारमा अनेकथरीका सन प्रोटेक्सन क्रिम पाइन्छ । यस्ता क्रिम हामी जथाभावी प्रयोग गर्छौं । जबकी त्यसमा कुन तापमानमा कुन मात्राको सन प्रोटेक्सन क्रिम प्रयोग गर्ने भनेर उल्लेख गरिएको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!