बच्चाका लागि पोषण टिप्स

ByBibas chetan

३१ जेष्ठ २०७६, शुक्रबार १९:०० ३१ जेष्ठ २०७६, शुक्रबार १९:०० ३१ जेष्ठ २०७६, शुक्रबार १९:००

बाल्यावस्था शारीरिक तथा मानसिक वृद्धि विकासको अवस्था हो । यो समयमा बालबालिकालाई पोषणको अत्यधिक खाँचो हुन्छ । त्यसैले बालबािलकाकाे मानसिक तथा शारीरिक सन्तुलनकाे लागि घरायसी तथा हुर्कने वातावरणसँगै पोषणमा पनि ख्याल गर्नुपर्छ ।

अर्ग्यानिक खाना
जन्मेदेखि ६ महिनासम्म आमाको दूध मात्र खुवाएमा बच्चामा प्रशस्त पोषण पुग्छ । ६ महिनापछि उनीहरूलाई अन्य नरम ठोस खानेकुरा खुवाउन सकिन्छ । बच्चालाई आफ्नो भान्सामा पाकेको स्वस्थ खाना खुवाउनुपर्छ । बजारमा पाइने पौष्टिक भनिएका प्याकेटका खानेकुराबाट सकेसम्म टाढा राख्नुपर्छ ।  घरमै बनाएको जाउलो, उसिनेको आलु, राम्ररी पकाइएका गेडागुडी, सागपातजस्ता खानेकुरा बढी पोषिलो हुन्छन् ।
मात्रा व्यवस्थापन
बच्चा मोटो भएमा स्वस्थ देखिन्छ भन्ने कतिपय आमाबाबुमा भ्रम रहेको पाइन्छ । जसले गर्दा उनीहरूले बच्चालाई चाहिनेभन्दा बढी खान दिने गर्छन् । यसले बच्चाको स्वास्थ्यमा नकारात्मक असर गरिरहेको हुन्छ । घरमै पकाइएको खानेकुरा बच्चालाई आवश्यक मात्रामा खुवाउनुपर्छ । जसमा हरिया सागपात, गेडागुडी, फाइबरयुक्त खाना खुवाउनुपर्छ । खाना स्वादिलो बनाउन घिउ राख्न सकिन्छ ।
समय समयमा खुवाउने
पाँच वर्षमुनिका बच्चाहरूले एकैपटकमा धेरै खाना खान सक्दैनन् । उनीहरूलाई समय–समयमा खुवाउनुपर्ने हुन्छ । घरमै बनाएर अन्न, सागपात, फलफूल, दूधजन्य पदार्थ तथा अलि–अलि गरेर माछा, मासु र अन्डा खुवाउन सकिन्छ । दिनमा कम्तिमा चार/पाँच पटक खुवाउनु पर्छ ।
आफैँ खान दिने
बच्चालाई मनपर्ने खाना आफैँलाई खान दिनुपर्छ । विशेषगरी, सहर–बजारतिर बच्चा सात–आठ वर्षको हुँदासम्म आमाले खुवाउने गरेको पाइन्छ  । यसले कुपोषण निम्त्याउने गरेको पाइन्छ । बच्चा नौ महिनाको भएपछि आफ्नै हातले खान दिनुपर्छ । सुरुमा पोख्ने वा खान अरुचि गर्ने गर्छन् । तर, परिवारका अन्य सदस्यसँगै खुवाउँदा बिस्तारै बानी पर्दैे जान्छ । जबरर्जस्ती खुवाउने गर्नुहुँदैन, जसले उनीहरूको दिमागमा असर पार्न सक्छ । त्यस्तै घरको खाना खान मानेन भन्दै फास्टफुड, ड्राइफुड आदि खानेकुरा खुवाउने गर्नुहुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!