सफलाको चाबी जोखिम हाे

ByBibas chetan

२० श्रावण २०७६, सोमबार ०८:२१ २० श्रावण २०७६, सोमबार ०८:२१ २० श्रावण २०७६, सोमबार ०८:२१ #जोखिम, #नेपाली भनाइ, #भनाई, #मनछुने भनाई, #महान भनाइ, #राम्रा भनाइ, #सफलता, #हिम्मत

सफल भएकाहरूकाे जीवनकाे जोखिमबाट केही सिक्नुस् ।

– राइट दाजुभाइले सर्वप्रथम सवैथोक खर्चेर असंभव भनिने करङे जहाज उडाउने जोखिम मोलेका थिए ।

– ब्रुस्लीले एक सय बाह्र डलर बोकेर अमेरिका छिर्ने जोखिम मोलेका थिए ।

– वियर ग्रेल्सले ढाडको हड्डी भाचिए पनि सगरमाथा चढ्ने जोखिम मोलेका थिए ।

– ब्लेडले दारी काट्ने परिपाटी नभएको समयमा किंग सी जिलेटले भारी ऋण काढेर ब्लेड कम्पनी खोल्ने जोखिम मोलेका थिए ।

– सोइशिरो होण्डाले आफ्नै श्रिमतीको गहना बेची मोटरसाइकल कम्पनी खोज्ने जोखिम मोलेका थिए ।

– मर्ने बाँच्नेको कुनै ठेगान नहुदा नहुदै क्रिष्टफोर कोलम्बसले अमेरिका खोज्ने जोखिम मोलेका थिए ।

– छारे रोगले ग्रस्त हुदा हुदै पनि अनी खुट्टा भाचिए पनि प्याटी विल्सनले ४०० माइल दौडने जोखिम मोलेको थिइन् ।

– तमाम चुनौतिका बाबजुद फ्रेड स्मिथले चौविस घण्टामा सामान डेलिभरी गर्ने फ्रेडरल एक्सप्रेस कम्पनी खोल्ने जोखिम मोलेका थिए ।

– कार्टुननै नहेर्ने त्यो जमानामा वाल्ट डिज्नेले सर्वप्रथम कार्टुन चलचित्र निर्माण गर्ने जोखिम मोलेका थिए ।

– ग्रेटा गारवोले मनग्य पैसा दिने टोपी कम्पनीको काम छाडी फिल्म क्षेत्रमा संघर्ष गर्ने जोखिम मोलेकी थिइन् ।

– जोफ वेजोसले मासिक हजारौ डलरको जागिर छोडेर अमेजन डट कमको सुरूवात गर्ने जोखिम मोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!